पेमा: उसो भए धर्मशास्त्रमा लेखिएको कुरा झुठो हो त ?
कमल: धर्मले मानिसका दिमागमा उल्टो कुरा भरिदिन्छ र उनीहरुलाई उल्लु बनाउँछ ।
पेमा: कसरी उल्लु बनाउँछ ?
कमल: हामीले आफ्ना अगाडि रुख देखिसकेपछि त्यहाँ रुख छ भन्छौं । त्यो सत्य हो । तर धर्मले हाम्रा आँखाका अगाडि संसारलाई असत्य र मिथ्या भन्न लगाउँछ । अनि उसले हुँदै नभएका, परलोक, स्वर्ग र नरकको कल्पना गरेर हाम्रो दिमाग भरिदिन्छ । मरेपछि जीवनको अन्त्य हुन्छ । यो हामीले दिनदिनै देखेको कुरा हो । तर धर्मले बाँचु´्जेलको जीवनलाई असत्य बताउँछ । मृत्युपछि बल्ल जीवन सुरु हुन्छ भन्छ ।
पेमा: त्यस्ता कुरा किन गरेको होला ?
कमल: यसभित्र ठूला रहस्य छ । गरिबले पसिना बगाएर सम्पत्ति उब्जाउँछन् । त्यो लुटेर धनी बन्दछन् तर धर्मले त्यो उनीहरुले अघिल्लो जन्ममा कमाएर ल्याएको हो भन्छ । यो दिउँसै आँखामा धुलो पार्ने काम भयो कि भएन ? त्यसो भएपछि गरिबहरुले आफ्नो धन-सम्पत्तिको हरण भएको देख्ने भएनन्, उनीहरुमाथि रीस गर्ने भएनन्, उनीहरुमाथि जाइलाग्ने भएनन । अनि धर्मले बन्दुकले भन्दा ठूलो काम गÚयो कि गरेन ?
पेमा: उसो भए धर्मले त भयानक जाल पो गरेको रहेछ ?
कमल: त्यति गर्दा पनि मेहनतकश जनताको चित्त बुझेन भने धर्मले पुनः अर्को जाल बुनेर उनीहरुको बुद्धी बिगारिदिन्छ । त्यसले के भन्छ भने कसैले आफूमाथि अन्याय गÚयो भने, आफ्नो कमाइ खोसेर लग्यो भने पनि रीस गर्न हुन्न, अर्को जन्ममा घोडा चढन पाइन्छ । धनीहरु यही जन्ममा उनीहरुमाथि घोडा चढ्छन् । उनीहरु अर्को जन्ममा घोडा चढ्ने सपना देख्दै मर्छन् ।
पेमा: के मरेपछि ईश्वरले न्याय-अन्याय, पापधर्मको विचार गर्दैन ?
कमल: ईश्वर भन्ने कुरा नै छैन । यो मानिसहरुको कल्पना मात्र हो । धनीहरुले आफ्नो स्वार्थरक्षाको लागि कल्पना गरेका हुन् ।
पेमा: ईश्वरको कुरा त वेद, पूराण, शास्त्रमा लेखिएको छ । ती ठूला-ठभ्ूला ऋषि महर्षिले रचेका हुन्, वेदव्यास स्वयं ईश्वरका अवतार हुन् । उनको दिव्यदृष्टि थियो उनीहरु सर्वज्ञ थिए । उनले लेखेको कुरा कसरी झुट्टा हुन सक्छ ?
कमल: चन्द्रमा र सूर्य कुन टाढा छन् ?
पेमा: चन्द्रमामा मान्छे पनि पुगिसके । त्यो भन्दा सूर्य कहाँ हो कहाँ, टाढा छ । यो त सबैलाई थाहा भइसक्यो ।
कमल: तर वेदव्यासलाई यो कुरा थाहा थिएन । उनले भागवतमा सूर्यभन्दा चन्द्रमा टाढा छन् । त्यसमा लेखिएको छ- ”एव चन्द्रमा लक्षयोजनः ।“
पेमा: त्यही हो भने त त्यही कुरा थाहा पाउनेले ईश्वरको कुरामा कसरी थाहा पाए होलान् ? त्यति ठूलाबढा ऋषि-महर्षिले यस्ता झुट्टा कुरा किन गरे होलान् ?
कमल: जसको सिधा खाई उसैको गीत गाई । उनीहरुलाइ्र ठूला राजा-महाराजाले नै पाल्थे । हजारौं गाइ्र दिनसक्थे । अनि उनीहरुले उनीहरुको लाभ हुने काम गर्ने नै भए । पेमा: ईश्वरको कल्पनाबाट धनीहरुलाई के स्वार्थसिद्ध हुन्छ ?
कमल: पहिले उनीहरुले सबै जनतालाई ईश्वरको दासता स्वीकार गर्न लगाउँछन् । जब उनीहरुको दिमाग एकपल्ट कसैको दासताका लागि अभ्यस्त बन्छ, जनतालाई आफ्नो अधीन बनाउन धनीहरुलाई एकदम सजिलो हुन्छ । उनीहरुले जनताको दिमागमा एकपल्ट ईश्वरको कल्पना घुसाइदिएपछि सयकडौं प्रकारका फाइदा उठाउँछन ।
पेमा: अरु के-के फाइदा उठाउँछन् ?
कमल: शोषकवग्रले संसारका सबैप्रकारका धनसम्पत्ति, सुख-सयलका साधनलाई जनताको परिश्रम होइन, ईश्वरको कृपाको फल बताउँछन् । फेरि उनीहरुलाई पहिलेको पुण्यको कारणले ईश्वरले ती दिएका हुन् भनेर ती माथि उनीहरुको जन्मजात अधिकार छ भन्छन् ।
पेमा: ईश्वरबाट गरिबलाई केही काम रहेनछ । अनि गरिबहरु त्यसमाथि किन विश्वास गर्छन् ?
कमल: शोषकवर्गले ईश्वरको भक्ति, दानपुण्य, तीर्थब्रत, पूजा-आजा अािदद्वारा नै उनीहरुको दुःखको निवारण हुनसक्छ भनेर प्रचार गर्दै आएका छन् । वास्तवमा शोषकवर्गले उनीहरुको परिश्रमको जुन कमाइ लुटेर खान्छन्, त्यो बन्द गराएमात्र उनीहरुको दुःखको हरण हुन्छ । तर शोषकवर्गले फैलाएका अन्धविश्वासमा परेर उनीहरुले यो सत्यलाई बुझ्न नसकी ईश्वर तथा धर्मका पछि दगुर्छन् ।
क्रमशः…….