अर्घाखाँचीमा यूनिफर्म हाउस

0
307
विनोद गैरे/सन्धिखर्क । लामो समयसम्म बैदेसीक रोजगारमा रहेका देविराम खनालले अर्घाखाँचीको सन्धिखर्कमा यूनिफर्म हाउस सञ्चालनमा ल्याएका छन् । सन्धिखर्क चुत्राबेसी पेट्रोलपम्प कच्वे पुलको अगाडी नगर प्रमुख कमल प्रसाद भुसालले यूनिफर्म हाउसको उद्घाटन गरेका हुन् । भुसालले उद्घाटन मन्तव्यमा कुनै व्यवसायलाई सुरुगर्नु मात्र ठुलो कुरा नभई त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । भुसालले भने– “सन्धिखर्कमा यस्ता किसिमका व्यववसायहरुको अत्यान्तै खाँचो रहेकोले आगामी दिनमा नगरका व्यवसायहरुलाई थप व्यवस्थीत साथै मर्यादित बनाउँदै व्यवसायीक हक हितको निम्ति नगरले गुरु योजना निर्माण गर्नेछ ।”
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. १ ढाकावाङ निवासी सञ्चालक देविराम खनालका अनुसार यूनिफर्म हाउसले अर्घाखाँची जिल्ला भरका सम्पू्र्ण वोर्डिङ स्कुल तथा सरकारी स्कुललाई लक्षित गरी यो हाउस सञ्चालनमा ल्याईएको र अर्घाखाँचीमा संचालित सम्पूर्ण सरकारी तथा वोर्डिङ स्कुलमा अध्यायन गर्ने सम्पूर्ण छात्र छात्राहरुका सानो देखि ठुलो साईजमा रेडिमेट स्कुलरवोर्डिङका यूनिफर्म (ड्रेसहरु), स्कुल बेल्ट, स्कुल जुत्ता, मोजा, स्कुल व्याग, टिफिन बक्स, पानीको वोतल लगायत सामानहरु उपलव्ध गराउने छ ।
अर्घाखाँची यूनिफर्म हाउसका व्यवस्थापक देविराम खनालको अध्यक्षता, गोमा खनालको स्वागत तथा अमृत खनालको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. २का वडा अध्यक्ष मोतिजंग रायमाझी, नेपाल पत्रकार महासंघका ५ नं. प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विनोद गैरे, सन्धिखर्क एफ.एमका स्टेसन म्यानेजर श्याम प्रसाद घिमिरे, नेपाल प्रेस यूनियनका सचिव विष्णु खनाल, स्थानीय समाजसेवी दुर्गाप्रसाद खनाल लगायतले व्यवसायीक सफताको शुभकामना व्यक्त गरेका थिए ।
अर्घाखाँची यूनिफर्म हाउसले सम्पूर्ण स्कुल तथा वोर्डिङका यूनिफर्महरु साथै यूनिफर्मसँग सम्वन्धित सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलव्ध गराउनुले आम अर्घाखाँचीवासी जनताहरुको समयको बचत संगै आर्थिक हिसावले पनि कम लागतमा योजना सम्पन्न गर्न टेवा पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here