विर्तामोड । राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अनेरास्ववियु (छैठौं)को २१ उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिंदै राजमो केन्द्रीय प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलले सम्मेलनलाई शुभकामना मन्तव्य दिंदै दुनियाँमा कुनै देशमा त्यहाँका जनतालाई परास्त गर्न सक्ने अस्त्र–शस्त्र नबनेको बताउनु भयो ।
“नेपाली जनताले सिंह दरबार मागेको होइन, सिंहदरबारको अधिकारलाई विकन्द्रीकरण गरि स्थानीय तहमा मागेको हो ।, तल देउ, स्थानीय तह मजबुत बनाउ भनेर मागेको अधिकार हो नेपाली जनताले । नेपाली जनताले इतिहासमा कहिल्यै पनि मलाई राज्य देउ भनेर मागेनन्, तर आज एउटा राज्य सञ्चालन गर्न नसकेको ऋणको भारी नेपाली जनतालाई सातवटा राज्य धान भनेर सिंगै सिंह दरबारलाई सेतो हात्ती बनाएर भिराई दिएको अवस्था छ” पौडेले भन्नु भयो– “त्यसैले हामीले समय छँदै भनेका छौं जाग्नु होस् नेपाली जनता जाग्नु होस् । दुनियाँमा कुनै पनि त्यस्तो अस्त्र–शस्त्र बनेको छैन, त्यो देशका जनतालाई परास्त गर्न सकोस् ।”
संघीयताले नेपाली जनतामाथि करको बोझ लादेको बताउँदै पौडेलले भन्नु भयो– “अहिले देशमा जुन कर लादिएको छ, त्यो देश विकासको लागि नभएर प्रादेशीक खर्च सञ्चालन गर्नका लागि जनता माथि जबरजस्ति लादिएको हो कर भार हो ।”
“प्रादेशिक प्रशासनिक खर्च चलाउनको निम्ती लगाइएको करले स्थानीय तहलाई विकासको मूल मुहानबाट नै कुण्ठित बनाइएको छ । विकासको बजेट समेत कटौती गर्नुको मूल कारण पनि प्रादेशि प्रशासन सञ्चालनका लागि यसो गरिएको हो” पौडेलले भन्नु भयो ।
‘..त्यसैले महान शक्ति भनेको हरेका देशका जनता हुन् । आदरणीय नेपाली जनतालाई राष्ट्रिय जनमोर्चा आव्हान गरेको छ, यो संघीयताले देश खारेज गर्दैछ । हामी जुन पार्टीमा रहे पनि त्यो पार्टीमा राजनीतिक गर्नको निम्ती पहिले यो देश बाच्नु पर्दछ । पहिला नेपाल हुनु पर्यो अनि मात्रै हामीले त्यो देशमा आफ्नो राजनीतिक गर्न सक्छौं । जब देश नै रहन्न हामी के हुन्छौं ?” पौडेलले थप्नु भयो– “संघीयता विना हथियार तराईलाई भारतमा मिसाउने उदेश्य साथ आएको हो । यति खतरनाक किसिमले संघीयता आको छ नेपालमा । यो सामान्य कुरा होइन् ।”
“नेपाल भनेको हिमाल–पहाड–तराई मिलेर बनेको छ, यसलाई अखण्ड राख्नका निम्नी राष्ट्रिय जनमोर्चाले देशव्यापी आव्हान गर्दै हिंडेको छ ।” पौडेलले बताउनु भयो– “हामीले हाम्रो नारा कति सफल कति असफल भन्नेर होइन, नेपाली जनताको कति जित कति हार वा यो देशको कति जित कति हार यहाँनेर जोडिएको छ यो संघीयता । यदि संघीयतालाई खारेज गर्यौं भने नेपाली जनताको जित हुन्छ, यो नेपाल देशको जित हुन्छ ।” हामी नेपाली हौं, हाम्रो देश नेपाल हो भनेर बाच्नु छ भनेदेखि संघीयतालाई खारेज गर्नु पर्नेमा पौडेलले जोड दिनु भयो । अन्यथा नेपालीहरुले गुलाम बन्नु पर्ने र गुलामको जिन्दगी जिउनु पर्ने समेत पौडेलको भनाई थियो ।
फिजीमा भारतले हस्तक्षेप गरि त्यहाँको प्रधानमन्त्री भारतीय नागरिक महेन्द्र चौधरी बनेको नागरिकता वितरण सम्बन्धित विधेयकमा जुन खुकुलो प्रकारको नीति बनाइनुको कारण रहेको पौडेलले बताउनु भयो । “महेन्द्र चौधरी फिजीको प्रधानमन्त्री भइसकेपछि त्यहाँका मुख्य बासिन्दाहरुलाई खेदेर मुख्य शहरहरुबाट बाहिर पठाइयो, त्यसपछि उनीहरुले गुलामी केहो भनेर थाहा पाएको थिए ।” पौडेलले थप्नु भयो– “गुलामीको जीन्दगी के हो फिजीका जनतालाई सोध्नु होस् बल्ल थाहा पाउनु हुन्छ ।”