केशव गाहा, पाल्पाली
पल पल मर्नु भन्दा एकै बार मरौंला
मूक्तिको लागी नथाकेर संघर्ष गरौंला
जाउँ सवै साथी रणभूमीको मैदानमा
शोषक सामन्तहरूको सर्बस्व हरौंला
अन्याय र अत्याचारसँग लड्दै जाँदा
ज्वार भाटासँग खेल्दै सागर तरौंला
कठिन छ मार्ग,ज्यानकै बाजी हुन्छ यहाँ
मृत्यूसँग जुध्दै कदम कदम सरौंला
हार्नु नै के छ र है ! एकमूठ्ठी स्वास न हो
बदलीमा न्यायको ज्योति संसारै छरौंला ।