हिसार नगर समितिद्वारा उद्दार

0
332

हिसार, ९ अक्टोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य सुरज पचभैयालाई नगर समितिको पहलमा रु. १५ हजार नगद सहयोग गरेको छ । पचभैयालाई डिउटी जाने क्रममा गाडीले हानी घाइते बनाएकोले उपाचारका लागि नगर समितिले सो सहयोग गरेको हो ।

पाल्पा कुशुमखोला नयाँ टोल निवासी रुद्र पचभैयाका छोरा सुरज पचभैया हाल हरियाणा हिसार अर्मन्स्टेटमा रहँदै आएका छन् । उनी ९ अक्टोबरका दिन विहान डिउटी जाने क्रममा बाटोमा गाडीले हानि घाईते अबस्थामा छोडेको थियो । समाजका कार्यकर्ताहरुको पहलमा उनको अहिले जिन्दल होस्पिटल हिसारमा भर्ना गराई उपचार भैरहेको छ ।

जुन गाडिले हानेको थियो, जरुरी सबैटेस्ट गराएर डाक्टरहरुसँग सल्लाह गरि अन्दाजा खर्चको अनुमान गरि गाडिको मालिकसँग रु १५ हजार पिडितको उपचारलाई दिलाउने काम भएको हो । बाँकी आबस्यक्ता परेमा थप रकम लिने लिखित कागज गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here