होशियार डेंगू फैलिंदै छ 

0
455
डेंगू फैलिन थालेको छ, दिल्लीमा अक्टुबरको शुरुवातमा नै हालसम्म करिब २०० जनामा डेंगू भएको पुष्टि भइसकेको छ । डाक्टरहरुको भनाई अनुसार शुरुको यो ६–७ दिनको अवधीमा तिब्र गतिमा पाइएको डेंगू अझै फैलिन सक्ने सम्भावना छ । शुरुमा सामान्य लाग्ने डेंगूको जोरोको उपचारमा ढिलाई तथा लापर्वाहीले ज्यान पनि लिन सक्छ ।
डेंगू बरसातको मौसम र त्यस पछिको महिना या भनौं जुलाई देखि अक्टुबरसम्म धेरै फैलिन्छ । किनकी यो मौसममा मच्छरहरु जन्मनका लागि अनुकुल परिस्थिति तथा  मौसम हुन्छ । यदि कसैलाई डेंगू हुन्छ भने त्यसबाट डराउनुभन्दा उचित उपचार र घरेलु उपाचारबाट पनि विमारबाट बच्न सकिन्छ ।

लक्षण,

एडीज इजिप्टी मच्छरले टोकेको करिब ३–५ दिन पछि विमारीमा डेंगू जोरोको लक्षण देखिन थाल्दछ । साधरण डेंगू जोरोको लक्षण जाडो लागेपछि तुरुन्तै तिब्र जोरो बढ्नु, टाउको, मांसपेशी र जोर्नीहरुमा दुख्नु, आँखाको पछाडि पट्टि दुख्नु, आँखालाई दबाउँदा वा घुमाउँदा झनै दुख्नु, निकै कमजोरी लाग्नु । भोक नलाग्नु, गलामा सामान्य दुख्नु, चेहेरा, गर्दन र छातीमा रातो गुबी रंगको रैशाहरु देखीनु ।

घरेलु उपचार,

मेवाको पात

मेवाको पातको रसले डेंगूको जोरोको ड्युरेशन कम गर्दछ । यसले अस्पतालमा मरिजहरुलाई धेरैबेर एडिमिट गरिरहनु पर्ने समय कम गर्दछ । शरिरबाट फ्लूइड लीक हुन दिंदैन र वाइट ब्लड सेल्स (ध्द्यऋ) र प्लेटलेट्सको संख्या बढाउँछ । डेंगूको जोरो कन्फर्म भएको पहिले दिन देखि नै मेवाको पातको रस विमारीलाई दिन सकिन्छ । किनकी अहिलेसम्म यसको कुनै साइड इफेक्ट पाइएको छैन ।

बाख्राको दूध,

आयुर्वेदाचार्य सुशीला दहियाले भनेका छन् : “बाख्राको दूध सुपाच्य हुन्छ, आयुर्वेदको कितावमा यो बताइएको छ कि बाख्राको दूधले डेंगूको जोरो घटाउन निकै मददगार मानिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here