क.शिव ढकालको स्मृति सभा सम्पन्न

0
765
क.शिव ढकालको चौथो स्मृति सभा तथा वहाँको आमा भिमादेवि ढकालको श्रद्धान्जली सभा आश्विन २२ गते नयाँ बजारस्थित आधारशीला कलेजमा सम्पन्न भएको छ । नेकपा (मसाल)का काठमाडौं जिल्ला सल्लाहकार समेत रहनुभएका क.ढकालको २०७२ साल आश्विन २२ गते असामयिक निधन भएको थियो भने वहाँको आमाको ९१ बर्षको उमेरमा यही बर्षको भाद्र १८ गते निधन भएको थियो ।
अखिल नेपाल युवक संघका के.सल्लाहाकार रमेश पौडेलको सञ्चालन, क.ढकालको श्रीमती भगवती ढकालको अध्यक्षता तथा वहाँहरु प्रति १ मिनेट मौनधारणका साथ अगाडि बढेको सो सभामा अखिल नेपाल बुद्धिजीवी संघका काठमाडौं अध्यक्ष भोला ढकाल, संघका के.सचिव समिर सिंह, अक्सफोर्ड स्कूलका प्रिन्सिपल राजेन्द्र ढकाल, क.ढकालकी छोरी शोभा ढकाल तथा भाई विष्णु ढकालले क.शिव ढकालका विभिन्न पक्षहरुको बारेमा चर्चा गर्दै वहाँका सकारात्मक पक्षहरुको आत्मसात गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here