विदाई कार्यक्रम सम्पन्न

0
251

पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत जिपमेर एरिया समितिको आयोजनामा सम्पन्न सभा बीच खुमकान्त शर्मा र महिला विभागकी श्रीमति कौशिला शर्मालाई विधाई गरिएको छ ।

कार्यक्रम खगराज शर्मा (लिलाराम शर्मा) अध्यक्षता तथा गोविन्द शर्माको संचालनमा अघिबढेको उक्त कार्यक्रममा उमा केसीले स्वागत गर्नुभएको थियो ।

खुमाकान्त शर्मा र कौशिला शर्मालाई अथितिमा सम्मान गरिएपछि एरिया समितिको तर्फबाट अध्यक्ष खगराज शर्मा, कृष्ण खनाल, गुमा शर्मा, गोविन्द शर्मा, माया खनाल लगायतले अवीर लगाई सल ओडाइ सम्मान गर्नु भएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य भगवति कुंवार र नगर अध्यक्ष, क्षेत्रीय सहसचिव जनक राज पौडेलले खुमकान्त शर्माले संगठनप्रति खेलेको भुमिका, एक कुशल कार्यकर्तालाई मूल प्रवाहबाट विधाइ गर्न पाउँदा एक पाको अभिभावक देश तर्फ पठाउन पाउँदा अत्यन्तै खुसी भएका छौ । कहि न कहि वहाँको रित्तता महशुष हने । तर त्यो पुर्ती गर्दै जाने विश्वास प्रकट गर्दै सल र अविरले सम्मान गर्नु भएको थियो ।

त्यस्तै क्षेत्रीय समितिका सदस्य दिल्ली प्रसाद शर्मा, केन्द्रीय पार्षद चन्द्रकान्त शर्मा, नगर उपाअध्यक्ष नरबहादुर केसी, नगर महिला विभागकी खुमा केसी, जमुना शर्मा लगायतले विधाई मन्तव्य दिनुभएको थियो ।

खुमकान्त शर्मा र कौशिला शर्माले मूल प्रवाह एरिया समिति जिपमेर र नगर समिति पाण्डिचेरीलाई धन्यबाद दिंदै देशमा फर्केर राष्ट्रिय जनमोर्चामा आबद्ध हुने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here