विराटनगर । अखिल (छैठौं) मोरङको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । अखिल (छैठौं) का मोरङ जिल्ला सम्मेलन आयोजक समितिका संयोजक अभिशेक कार्कीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको प्रमुख अतिथि (छैठौं) का केन्द्रीय सदस्य उमेश काडेल रहनु भएको थियो भने अतिथिहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी, राजमो नेता हरिकान्त शर्मा, अखिल (छैठौा) का केन्द्रीय सदस्य बबिन राई विवेक पाण्डे, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य शिव फुयाल, आशिष जवेगु, राजमो १ नम्बर प्रदेशका सचिव बालकृष्ण सुवेदी रहनु भएको थियो ।
अखिल (छैठौं) प्रदेश सदस्य विशाल तामाङको स्वागत तथा प्रदेश अध्यक्ष देबेन्द्र पौडेलले गर्नु भएको थियो । प्रमुख अतिथि उमेश काडेलले शुभकामना मन्तव्य दिदै समाजमा शोषण, दमन र अन्याय गर्ने पल्केका शासकहरुले अहिले पनि विद्यार्थीहरुलाई राजनीति गर्नु हुन्न भन्ने गरेको आरोप लागाउनु भयो । उहााले देशका सम्पूर्ण विद्यार्थीहरुले राजनीति बुझ्न जरुरी रहेको र यसैले समाज परिवर्तन गर्न सहयोग पुर्याउने समेत बताउनु भयो ।
सम्मेलनले अभिशेक कार्कीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ, जसको उपाध्यक्षमा प्रदीप निरौला, सचिवमा विमला खड्का, सहसचिवमा सालु रिमाल र कोषाध्यक्षमा विपिन घिमिरे रहनु भएको छ । सदस्यहरुमा प्रकाश विक, सविना सुवेदी, सुमन अधिकारी, ज्योति घलान तामाङ, तेजु पौडेल, श्रेया राजवंशी र अभिशेक लिम्बु रहनु भएको छ ।