जनता अब उठ्नै पर्ने बेला आयो : केसी

0
2622

गौडाकोट (नवलपुर) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनाप्रिय नेता चित्र बहादुर केसीले सङ्घीयता खारेज गर्न जनता अब उठ्नै पर्ने बेला आएको बताउनु भएको छ । “सङ्घीयता खारेज गर्नुको अब कुनै अर्को विकल्प छैन” अध्यक्ष केसीले भन्नु भएको छ– “तपाईहरुलाई यो असम्भव जस्तो लाग्ला, तर यो सम्भव छ । यो प्रदेश संरचना खारेज गरौा, प्रदेशको मन्त्रिमण्डल, संसद खारेज गरौा, प्रदेशमा लाग्ने खर्च गाउापालिका र नगरपालिकामा लैजाऔा, कलकारखाना खोलौा, अनि खरबौको खर्चबाट मुक्त भइन्छ ।” तसर्थ संघीयता खारेज गर्न जनता अब उठ्नै पर्ने बेला आयो ।”

अध्यक्ष केसीले उक्त कुरा राजमो नवलपुरद्वारा २०७५ आश्विन १६ गते गौडाकोट–१६ अमरापुरीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बताउनु भएको हो । सङ्घीयताको खारेजी, राष्ट्रियताको रक्षा, करवृद्धि, चर्को महङ्गी, देशव्यापी महिला हिंसा र भ्रष्टाचारका विरुद्वको सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष केसीले नेपाली जनताले समय छादै सङ्घीय प्रणाली खारेज नगरे सङ्घीयताकै कारण नेपाल खारेज हुने दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुने खतरा औल्याउनु भयो । “जुन प्रणालीले तराई टुक्रिने खतरा छ, जुन प्रणालीले जातीय द्वन्द्व बढ्ने खतरा छ, त्यो प्रणालीलाई अब राख्नुको के अर्थ रहन्छ ?” उहााले भन्नु भयो– “यदि सङ्घीयता हामीले फालेनौा भने हेर्दै जानुस्, सङ्घीयताले एक दिन नेपाल नै खारेज गरिदिनेछ ।” उहााले सङ्घीयताको आवरणमा नेपालको तराईलाई अलग्याउने खेल चलिरहेको बताउनु भयो । “संघीयता किन ल्याइएको रहेछ त्यो त दुई नम्बर प्रदेशमा अहिले प्रष्ट रूपमा देखिएकै छ नि” अध्यक्ष केसीले भन्नु भयो– “मोदी आउादा दाहिनेव्रत गर्ने, तर यो देशका प्रधानमन्त्री जाादा कालोझण्डा देखाउने, उनीहरुले गर्न खाजेको के हो ? कुरा प्रष्ट छ नि ।”

सङ्घीयताका कारण देशमा अहिले जुन समस्याहरु सिर्जना भइरहेका छन्, त्यो खतरा राजमोले पहिल्यै औल्याएको स्मरण गराउादै अध्यक्ष केसीले सङ्घीयता नेपाल जस्तो मुलकले धान्नै नसक्ने दावी गर्नु भयो । “२०६५ सालको जेष्ठ १५ गते संसदभित्र २४ पार्टी एकातिर थिए, अर्को तिर राष्ट्रिय जनमोर्चा एक्लैले भनेको थियो– यो देशमा सङ्घीय प्रणाली आवश्यक छैन । यसले देशमा जातीय, क्षेत्रीय द्वन्द्व बढाउने छ ।ऋणैऋणको भारी बोकाउने छ”– अध्यक्ष केसीले भन्नु भयो– “सङ्घीयता एक्लै आएको थिएन, यसले खर्चको भारी पनि सागै बोकेर आएको थियो । अहिले मुलुकमा जुन करआतङ्क मच्चिरहेको छ, यसको मूल जड नै सङ्घीयता हो । अवैज्ञानिक करबाट पार पाउनका लागि पनि सङ्घीयता खारेज गर्नै पर्दछ ।” नेपालमा सङ्घीयताको भारी विदेशी शक्तिकेन्द्रहरुको आ–आफ्नो स्वार्थ पुरा गर्न बोकाइदिएको उहााको स्पष्टोक्ति थियो ।

अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनले नेपाललाई जातीय सङ्घीयतामा लगेर रुवान्डा र इथियोपिया बनाउने नियतबाट र भारतीय विस्तारवादले हिमाल पहाडबाट नेपालको तराईलाई अलग गरी भारतीय महासङ्घमा गाभ्ने बद्नियतबाट नेपाललाइ सङ्घीयताको भारी बोकाएको उहााको भनाइ थियो ।

सम्बोधनका क्रममा अध्यक्ष केसीले वामपन्थी भनिने वर्तमान सरकार पहिले पहिलेका सरकारभन्दा तात्त्विक रूपमा फरक नदेखिएको बताउनु भयो । “हिजोकाले जे गरेका थिए, आजका शासकले पनि त्यही त्यही गर्दै गइरहेका छन् । देशमा हत्या, हिंसा, बलात्कार, लुटपाट बढिरहेको छ तर सरकारले अपराधी पत्ता लगाउने र कारवाही गर्न सकिरहेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ढाइ महिना भइसक्यो तर सरकारले अझै अपराधी पत्ता लगाउन सकेको छैन । यस्तो पनि हुन्छ ?” अध्यक्ष केसीले भन्नु भयो– “सरकारमा बस्ने मान्छेहरु देश र जनताको होइन, खालि आफ्नै चिन्तामा देखिएका छन् ।”

सरकारका क्रियाकलापहरुले संविधानमा उल्लेखित ‘समाजवादउन्मुख राष्ट्र’को उपहास भइरहेको उहााले बताउनु भयो । “शिक्षाको जिम्मा सरकारले लिन नपर्ने, स्वास्थ्यको जिम्मा लिनु नपर्ने, जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु नपर्ने, अनि तयो संविधानमा लेखिएको समाजवादउन्मुख राष्ट्रको अर्थ के रह्यो ?” उहााले भन्नु भयो– “कुनै पनि देशको विकास हुनका लागि पहिले त्यो देशका जनताको चेतनामा वृद्धि हुनु पर्दछ । नेपाली जनता पनि त्यस्तै छन्, त्यस्तो बदमासी गरेको देखी देखी पनि चुनावमा तिनैलाई भोट दिने । चुनावमा हामीले भनेका थियौं राष्ट्रिय जनमोर्चाको हात बलियो बनाइदिनुस् हामी संघीयता खारेज गरेर देखाइदिन्छौं । तर जनताले हाम्रो कुरा सुनेनन् । तिनैलाई भोट दिए । त्यसो हुादा गल्ती जनताबाट पनि भएको छ ।” अध्यक्ष केसीले वर्तमान सरकारले देशमा केही गर्ला कि भन्ने आशा अब राजमोलाई नरहेको प्रष्ट पार्नु भयो । साझा बस जस्ता सरकारी स्वामित्वका यातायात नहुादा पहिले सिन्डिकेट तोड्ने घोषणा गरेर पनि अहिले यातायात व्यवासायीसाग झुकेर सरकारले सम्झौता गरेको उहााले बताउनु भयो । “सार्वजनिक यातायात जति सबै यातायात व्यवसायीका मुट्ठीमा छन् । सरकारको गाडी भए पो हामी डराउनु पर्ने भन्दै यातायात व्यवसायी कस्सिएपछि आखिल सरकार झुक्यो” अध्यक्ष केसीले भन्नु भयो– “यो पुाजीवादी संसदीय व्यवस्था भनेकै यस्तै हो, माफियाले राज गर्ने । जापानले ६० वटा साझा बस दिएको थियो । त्यो चलाउने ड्राइभर, कन्डक्टरले काठमाडौामा घर बनाए । तर त्यो साझा डुब्यो । अहिले ती बस भएका भए यसरी यातायात व्यवसायीहरुसाग झुक्नु पथ्र्यो ?” चाडवाडको बेलामा यात्रुको ढाडै सेक्ने गरी यसरी भाडा बढाउनु पथ्र्यो ?” अध्यक्ष केसीले नागरिकता सम्बन्धमा सरकारले लिएको गलत नीतिका कारणले देशमा रैथाले नेपालीहरु अल्पमतमा पर्ने अवस्था आउन सक्ने खतरा समेत औल्याउनु भयो । “दक्षिणतिरबाट आउने अङ्गीकृत नागरिकतालाई आज यज्ञमा नागरिकता, भोलि सांसद र पर्सी मन्त्री बन्न मिल्ने गरी नागरिकता संशोधन विधेयक ल्याइएको छ” उहााले भन्नु भयो– “तपाई–हामी रैथाने नेपाली अल्पमतमा, उताबाट आउने नवआगन्तुकहरु बहुमतमा हुने खतरा पनि देशमा देखिएको छ । तसर्थ देशलाई फिजीकरण र सिक्किमीकरण हुनबाट जोगाउन नेपाली जनता अब उठ्नै पर्ने बेला आएको छ ।”

सभामा नेकपा (मसाल) का पूर्व केन्द्रीय प्रवक्ता विमल शर्माको समेत आतिथ्यता रहेको थियो । सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, अखिल नेपाल बुद्विजीवी सङ्घका पूर्व केन्द्रीय सदस्य देवराज पौडेल, राजमो गण्डकी प्रदेश समितीका सदस्य विकाराम चौधरी र अखिल नेपाल महिला सङ्घ नवलपुरकी अध्यक्ष विष्णु पाण्डेले समेत सम्बोधन गर्नु भएको थियो ।

राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता, सचिव गिर बहादुर महतराको स्वागत मन्तव्य र सल्लाहकार राम प्रसाद सापकोटाको सञ्चालनमा विरोध सभाको कार्यक्रम अघि बढेको थियो । ज्ञात/अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गर्दै अघि बढेको सो विरोध सभामा अखिल नेपाल किसान सङ्घका पूर्व महासचिव भागिरथ भट्टराई, गरिब घरपरिवार सहयोग समन्वय समितिका पूर्व संयोजक जनक तिवारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य डम्मर भण्डारी, अखिल (छैठौं) का केन्द्रीय सदस्य निश्चल क्षेत्री, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष गोपाल गिरी, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य रूप नारायण महतो, गौडाकोट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गोवर्धन (गणेश) ज्ञवाली, अखिल नेपाल शिक्षक सङ्घका पूर्व केन्द्रीय सदस्य खिलेश्वर धिताल, वरिष्ठ सामाजसेवी डिलाराम काडेल, समाजसेवी चन्द्रकला तिरुवा र अखिल नेपाल युवक सङ्घ नवलपुरका अध्यक्ष लालसिंह मल्लको समेत आतिथ्यता रहेको थियो । विरोध सभा सुरु हुनु अघि विशाल जुलुसले अमरापुरी क्षेत्र परिक्रमा गरेको थियो ।सभाको बीचबीचमा रक्तिम नवलपुरका कलाकारहरुले क्रान्तिकारी भावले ओतप्रोत रहेका जोशिला र आकर्षक गीत नृत्यहरु प्रस्तुत गरेका थिए ।
विकल्प विमोचित

विरोध सभाको कार्यक्रममा राजमो नवलपुरले प्रकाशित गरेको समसामयिक बुलेटिन “विकल्प” को विमोचन गरिएको थियो । समसामयिक र महत्त्वपूर्ण लेखहरु सङ्ग्रहित उक्त बुलेटिन “विकल्प” को विमोचन सभाका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नु भएको थियो ।
राजमोमा प्रवेश

विरोध सभामा गैडाकोट–१ का ध्रुव पौडेल र गैडाकोट–१७ का सीता बोटे, आइतमाया वोटे र सरस्वती बोटेले राजमो प्रवेशको घोषणा गर्नु भएको थियो । नवप्रवेशीहरुलाई प्रमुख अतिथी केसीले रातो टिका लगाइदिदै पार्टी प्रवेश गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here