काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशमा दिनप्रतिदिन घट्दै गइरहेका अपराधिक घटनामा सरकार निरिह र लाचार बन्दै गैरहेको बताएको छ । बलात्कार र हत्याको मुद्दा फास्टट्रयाकबाट सुनुवाई गर्ने अदालतको निर्णयलाई राजमोले स्वागत गरेको छ ।
राजमोकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलद्वारा २०७५ आश्विन १६ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । जारी वक्तव्यमा अगाडि भनिएको छ–बारा अदालतले एउटी सात वर्षीया बालिकाको बलात्कार र हत्याको मुद्दामा दर्ता भएको दिनमै फास्ट ट्रयाकद्वारा सुनवाइ गरी फैसला गरेको कार्य वास्तवमा अत्यन्त महत्त्वपूर्ण कार्य थियो र त्यसलाई हामीले स्वागत गर्दछौा । त्यसरी नै काठमाडौा अदालतले पनि पहलकदमी गरेको कुरा थाहा भएको छ । हामीले आशा गर्दछौा, देशभरि नै महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरुमा त्यही प्रकारले फास्ट ट्रयाकद्वारा मुद्दाहरु फैसला गरेर पीडितलाई न्याय दिलाउने काम गरिने छ । त्यसो भएमा त्यस प्रकारका अपराधहरुमा पनि कमी आउने सक्ने छ भन्ने हामीले आशा गर्दछौ ।
महान्यायाधिवक्ताको कार्यालयले पनि सबै सरकारी वकिलहरुको कार्यालयलाई महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरु फास्ट ट्रयाकबाट टुङ्ग्याउन निर्देशन दिएको समाचार सञ्चार माध्यमहरुद्वारा बाहिर आएको छ । सर्वोच्च अदालतले त्यसबारे पहिले नै फैसला गरेको छ । त्यो फैसलालाई व्यावहारिक रूप दिन हामीले सरकार र अदालतसित समेत अनुरोध गर्दछौा ।
हाम्रो अखिल नेपाल महिला सङ्घले करिब दुई दशकदेखि नै महिलामाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध शीघ्र कारवाही गर्न पारिवारिक अदालतको माग गर्दै आएको छ र अहिले पनि हाम्रो त्यो माग कायम छ । अहिले अभ्यास हुन थालेको फास्ट ट्रयाकको प्रणालीलाई प्रभावशाली प्रकारले लागु गरेर पारिवारिक अदालतको काममा केही न केही मद्दत पुग्ने छ भन्ने आशा गर्न सकिन्छ ।
त्यस सन्दर्भमा निर्मला पन्तको हत्या र बलात्कारको प्रश्नलाई पनि नउठाइकन रहन सकिन्न । त्यो घटना भएको यति लामो समय बितिसक्दा पनि दोषिलाई पत्ता लगाउने काम हुन सकेको छैन । अपराधका अगाडि सरकार निरीह वा लाचार जस्तो देखिएको छ । त्यो घटनाबारे प्रभाव शालीप्रकारले कारवाही गर्न र अपराधीलाई पत्ता लगाएर दण्ड सजाय गर्न हामीले सरकारसित माग गर्दछौा । वास्तवमा आज सम्पूर्ण देश नै बालिका र महिलाहरुको बलात्कार र हत्याको सङ्ख्या बढ्दै गएको छ । यो सामान्य कुरा होइन, यसबारे गम्भीर हुन पनि हामीले सरकारको ध्यान आकर्षित गराउन चाहन्छौ ।”