करले जनताको ढाड सेकेर संघीयताले पार पाउँदैन : सांसद थापा

0
1244

बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाको प्रथम नगर सम्मेलन २०७५ असोज १३ गते कुश्मिसेरा बजारमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले मैन बत्ती प्रज्वलन गरी उद्घाटन गर्नु भयो ।

“अनावश्यक कर बृद्धि गरेर जनताको ढाड सेक्ने मुख्य कारण संघीयता नै हो । संघीयता खारेजीको बिकल्प छैन ।” उदघाटन मन्तब्यमा माननीय थापाले भन्नु भयो– “एकातिर स्थानिय तहको बिकाश बजेट कटौती गरिएको छ, भने अर्कातिर सिमित बजेटमा पनि अनियमितता हुने गरेको छ, पारदर्शी छैन ।”

पालिकाको आवश्यकता भन्दा पनि नेतृत्वको चाहना अनुकुल परिचालन हुने गरेको थापाको भनाइै थियो । “पालीकाको यस्तो व्यवहारले जनता र मुलुकलाई हित गर्दैन ।” थापाले भन्नु भयो– “यस्ता कार्यको सरकारले अनुगमन र नियन्त्रण गर्दै स्थानिय तहको बिकाश बजेट बृद्धि गर्न माग गर्नु पर्ने हुन्छ ।”

उदघाटन पुर्व टिमुरे खोलाबाट नारा, जुलुश, पञ्चेबाजा सहितको ¥याली कुश्मिसेरा बजार हुर्दै शान्ती मा.बि.को प्राङगनमा पुगी उदघाटन समारोहमा परिणत भएको सो सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापाले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल किसान संघ बागलुङका सचिव बिरेन्द्र थापा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य डिलबहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य लालबहादुर पुन, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष रुद्रा कुमारी के.सी., अखिल नेपाल युवक संघ बागलुङका सचिव बिरेन्द्र थापा, अखिल छैठौं बागलुङका उपाध्यक्ष कृष्णा थापाको आतित्थ्यता रहेको थियो ।

सम्मेलनले डिलबहादुर श्रीसको अध्यक्षतामा १७ पुर्ण ८ बैकल्पीक गरी २५ सदस्यीय समिति र २ सल्लाहकार चयन गरेको छ । जसको उपाध्यक्षमा डिल कुमारी श्रीस, सचिव ठाकुर शर्मा, सहसचिव गोबिन्द शर्मा र कोषाध्यक्ष शान्तकला शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमाः चन्द्रबहादुर के.सी., रघुनाथ पौडेल, शिव शर्मा, लिलादेबि शर्मा, विष्णुकली दर्जी, मिना राना थापा, रामबहादुर मल्ल, शालीकराम सापकोटा, सुर्यबहादुर पुन, रिता राना, नारायण पौडेल, नरबहादुर थापा बैकल्पीक सदस्यहरुमा भागिन्द्र कुमार थापा, खिमबहादुर परियार, टिका आचार्य, कुमारी नेपाली, कल्पना बि.क., चुडामणि शर्मा र गोपाल पौडेल रहेका छन् । त्यस्तै सम्मेलनले मेघराज आचार्य र बालकृष्ण शर्मालाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले सदस्यता बितरण, आर्थिक अभियान, वडा स्तरीय भेला प्रशिक्षण सम्पन्न गर्ने साथै ०७५ मंसीर २१ र २२ गते गल्कोट हटियामा सम्पन्न हुने छैठौं जिल्ला सम्मेलन भव्य रुपले सफल पार्ने निर्णय समेत गरेको छ ।

कार्यक्रम ठाकुर शर्माको अध्यक्षता, पशुपति शर्माको सञ्चालन र डिल कुमारी श्रीसको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here