बुटवल । अखिल नेपाल युवक संघ रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले गोविन्द खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा रमा जिसी, सचिव गणेश थापा, सहसचिव शंकर पौडेल र कोषध्यक्ष मीलन पोख्रेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अर्जुन घर्ती, दुर्गा देवी काउचा, प्रिया अधिकारी, रमेश भन्डारी, यमबहादुर क्षेत्री चयन हुनभएको छ ।
सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै युवक संघका महासचिव कृष्ण राज पौडेलले युवाहरु राजनीतिक आमूल परिवर्तनका लागि शसक्त्त रुपमा परिचालित हुनुपर्ने बताउनु भयो ।
सम्मेलनमा पूर्वसभासद सन्तवहादुर नेपाली, राष्टिय जनमोर्चाका जिल्ला सचिव दिपक पौडेल, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने, प्रदेश सभा सदस्य तारा जिसी, किसान संघका केन्द्रिय सदस्य रुकबहादुर पराजुली, अन्टुकका जिल्ला अध्यक्ष नारायण जिसी, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, बुद्धिजिवी संघका दुर्गानाथ खरेल, अखिल छौठौँका रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, लालटिन सहकारीका अध्यक्ष गंगालाल सापकोटा लगाएतले बोल्नुभएको थियो ।
संघका रुपन्देही अध्यक्ष गोपाल बन्जाडेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गणेश थापाको संचालन तथा सुरेन्द्र थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।