अनेरास्ववियु (छैठौं)को नवलपरासी पश्चिमको १६औँ जिल्ला सम्मेलन सम्पन्न

0
363

सुनवल । अनेरास्ववियु (छैठौं) नवलपरासी पश्चिमको १६ औँ जिल्ला सम्मेलन आज सुनवल ना.पा ४ मा सम्पन्न भएको छ ।

सम्मेलनले सागर सुवेदीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । जस्माः उपाध्यक्ष– संकर थापा, सचिव– सरिता लामिछाने, सहसचिव सन्तोष भट्टराई र कोषाध्यक्ष– यम थापा रहेका छन् । त्यस्तै सदस्यमाः लक्ष्मी सापकोटा, विशाल नेपाली, विशाल रोका र प्रविन सापकोटा रहेका छन् ।

सम्मेलनका प्रमुख अतिथि युनियनका केन्द्रीय सदस्य सुमन भण्डारीले मैनबत्ती बालेर सम्मेलनको विधिवत उद्घाटन गर्नुभएको थियो । भण्डारीले उद्घाटन मन्तव्यमा शिक्षामा सरकारको उदासिन रबैयाको घोर निन्दा प्रकट गर्नु भयो ।

सम्मेलनमा बिशिष्ट अतिथि युनियन कै केन्द्रीय सदस्य सुरेश आचार्य, अतिथिहरु क्रमशः राजमो जिल्ला अध्यक्ष रेम राना, अखिल नेपाल युवक संघका राष्ट्रिय परिषद सदस्य नारायण ज्ञावली, अखिल नेपाल महिला संघकी अध्यक्ष सम्झना सुवेदी लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

जिल्ला अध्यक्ष सगर सुवेदीको अध्यक्षता र जिल्ला सचिव सरिता लामिछानेको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा सहभागिहरुलाई यम थापाले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here