चंडीगढ । अर्घाखाँची सितगंगा ३ ठाडादह स्थित थर्पु टोलकी ब्लड क्यान्सर पिडीत ४ वर्षीय समिरालाई नेपाली ट्रावल्स सागर एंड सगरमाथा ट्रावल्स चंडीगढ़ले रु. ११ हजार एक सय आर्थिक सहयोग गरेको छ । पिडित वालिका समिराको डेरामा पुगी उक्त ट्राभल्सका गन्यमान्य व्यक्तित्व दिनामणी घिमीरे र सगरमाथा ट्रावल्स ले सम्यूक्त रुपमा सो रकम सहयोग गरेका हुन् ।
इमेसन खवर तथा नेपाली समाचारका सम्वाददातासँग कुरा गर्दै सगरमाथा ट्रावल्सका अध्यक्ष वालकृष्ण भण्डारीले– “मूल प्रवाहले हामीहरुलाई पिडित समिराको बारेमा वताएको हुनाले आज हामीले सानो सहयोग गर्न सफल भयौं । भविष्यमा पनि हाम्रो सगरमाथा ट्रावल्सलाई यस्तै आपत विपत परेकाहरुलाई सहयोग गर्न पाउने मौका दिनुभयो भने हामी आभारी हुनेछौं ।”
उनलाई आर्थिक रुपमा विपन्न सो परिवारलाई समिराको उपचारका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रु. २० हजार १५० सहयोग गरिसकेको छ ।
यसैगरि पशुपति सेवा संस्थाले समिराको कोठा भारा सबै तिरीदिने प्रतिवद्धता गरि मइ २०१८ मा नै गरेका छन् ।
यसै विच मुल प्रवाह चंडीगढका महिलाहरु जुना चालिसे, सिमा खडका, सरस्वता भुसाल, लक्ष्मी अधिकारी समेतले पनि पिडित परिवारसंँग भेटघाट पछी थप सहयोगको लागि पहल गर्ने जानकारी दिएका छन् ।
अर्घाखाँची सितगंगा ३ ठाडादह स्थित थर्पु टोल निवासी सचिन वोहरा र कल्पना वोहराकी करिब ४ वर्षीय छोरी समिराको गत अप्रैल २०१८ देखि पिजीआई चंडीगढ़मा व्लड क्यान्सरको उपचार चलिरहेको छ ।