अनेरास्ववियु (छैठौं) दाङको १५ औं जिल्ला सम्मेलन सम्पन्न

0
361

१३ असौज, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) दाङको १५ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले धुर्ब बेल्बासेको अध्यक्षतामा १७ पुर्ण ४ बैकल्पिक र २ सल्लाहकार गारी २३ सदस्यीय जिल्ला समिति दाङ निर्बाचित गरेको छ ।

जसमाः उपाध्यक्ष– सरिता पुन, सचिव– राजकुमार बिक, सहसचिव– राजकुमारी चौधरी र कोषाध्यक्ष– सृजना पन्थी रहेका छन् । त्यस्तै सदस्यहरुमाः श्रमिला चौधरी, सीता बिक, सुस्मा चौधरी, सपना बेल्बासे, लक्ष्मण बिक, दिनेस रैदास, अनिसा पोख्रेल, युजना आचार्य, मधुकर पुन, पुरुषोत्तम शर्मा, बिजय जिएम, मिरन पौडेल, गौतम चौधरी, आसा पौडेल, बबिता पोख्रेल र तृसन केसी रहेका छन् । त्यस्तै सम्मेलनले वसन्त आचार्य र राजेन्द्र चौधरीलाई सल्लाहकार चयन गरेको छ ।

वसन्त आचार्यको अध्यक्षता तथा सरिता पुनको स्वागत मन्तब्यबाट सुरु भएको उक्त सम्मेलन समारोहको सञ्चालन धुर्ब बेल्बासेले गरेका थिए ।

प्रमुख अथिती युनियनका केन्द्रीय सदस्य गोपाल भट्टराईले दीप प्रज्वलित गरि सम्मेलनको उद्घाटन गर्नु भएको थियोे । सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा युनियनका पुर्ब केन्द्रीय सचिब गणेश आचार्यको विशिष्ट आतित्थ्यता रहेको थियो । त्यस्तै अखिल नेपाल युबक संघका पुर्ब केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश समिति सदस्य रेशम बिसि, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य यज्ञ बहादुर डागी, अखिल नेपाल युबक संघका जिल्ला अध्यक्ष चित्र एमसी, घोराही नगर अध्यक्ष डोरबहादुर केसी, अखिल छैठौं केन्द्रीय सदस्य राजेन्द्र चौधरी, प्रदेश समिति सहसचिब खगेन्द्रा बिस्ट लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here