प्रेस काउन्सिलको वार्षिकोत्सव सम्पन्न

0
199

काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रेस काउन्सिलको उनन्पचासौँ वार्षिकोत्सव समारोह २०७५ असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस दुई सहित १९ जना पत्रकारलाई पुरस्कृत गर्नुका साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार चार जनालाई सम्मानित गरेकी थिइन् ।

प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र सोही बराबर राशीको प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमश: वरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौँ) र राजबहादुर गुरुङ (कास्की) पुरस्कृत भएका छन् ।

त्यसैगरी प्रेस काउन्सिल आचार संहिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेली भाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमश: बृज कुमार यादव धनुषा, डा. अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, मिम बहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कार अन्तर्गत पदमसँगर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तीकरणतर्फ सँगर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार र सुरेश यादव, महिला सशक्तीकरणतर्फ नानीमैयाा बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत भएका छन् ।

कार्यक्रममा रााष्ट्रपति विद्यादेवी भण्डारी, सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा, प्रेस काउन्सिलका सदस्य ईश्वरी प्रसाद ओझा, काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here