रोटरीमा मुटुरोग विशेषज्ञ

0
179

माधव भाट क्षेत्री/कपिलवस्तु असौज ९ । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको ११३औं नियमित बैठकमा मुटुरोग विशेषज्ञ डा.सुमन्त बन्जाडेको उपस्थितिमा सम्पन्न भएको छ । बिश्व मुटुरोग सप्ताह अन्तर्गत हाम्रो “प्रणस्स्वस्थ मुटु” भन्ने मुल नाराका बिश्व भर नै मुटुरोग तथा त्यसको रोकथाम बारे विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।

यसै सिलसिलामा रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन र हर्ट फाउन्डेसन नेपाल कपिलवस्तुको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा हर्ट फाउन्डेसन नेपालका केन्द्रीय सदस्य तथा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेले मुटुरोग तथा रोकथाम बारे महत्त्वपूर्ण कुराहरु क्लबमा साझा गर्नुभएको थियो । करिव एक घण्टासम्मको समयमा बोल्दै बञ्जाडेले खानपान, अल्कोहल, चुरोट, बिडि सुर्तीजन्य चिजहरुको सेवन तथा बिलासिताको जिन्दगी जिउनु, ब्याम नगर्नु साथै उमेरका कारणले मुटुरोग हुने हुँदा खानपान आनिबानी बदन्ल सकियो र मुटुरोगको बारेमा सामान्य ज्ञान मात्र भयो भने पनि मुटुरोगको रोकथाम गर्न सकिने बताउनु भयो ।

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको सचिवालयमा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष रो. बासुदेव घिमिरेको अध्यक्षता हर्ट फाउन्डेसन नेपाल कपिलवस्तुका सदस्य रामजी सेनको स्वागत मन्तव्य र भाइस प्रेसिडेन्ट सेकेन्ड माधव भाट क्षेत्रीको सञ्चालन तथा रो.नन्दकिशोर शुक्लाले धन्यवाद मन्तव्य राख्नु भयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here