- हेमलाल गौतम
जापान जस्तो देश जहााका जनता आफ्नो देशको विकासका लागि अहोरात्र खटी रहेका हुन्छन् । यहाँ काममैत्री बाताबरण छ । पारिश्रमिक कामका आधारमा दिइन्छ । स्थायी या अस्थायी दुबै प्रकारको कामको व्यवस्था छ । मान्छेहरु आफ्नो योजना मुताबिक कमाइ गर्ने, अनि खर्च पनि त्यसै अनुरूप गर्ने गर्छन् । अहिलेको नयाा पुस्तामा कमाइलाई आफ्नो भ्रमणको एक महत्त्वपूर्ण हिस्सा बनाउने गरेको पनि देखिन्छ । पारिवारिक जीवनभन्दा व्यक्तिगत जीवनमा बढी रमाउने प्रवृति पनि रहेको पाइन्छ । वैवाहिक जीवन, घर–गृहस्थीभन्दा एक्लो जीवन, जीवन गुजारा, झन्झटरहित अवस्थामा रहन र बस्न रुचाउने स्वभाव देखिन्छ ।
दोस्रो विश्वयुद्ध पश्चात् हार व्यहोरेको जापानले युद्ध होइन, देशको संरचनागत विकास गर्नु पर्दछ भन्ने सोच बोकेर युद्ध पश्चात्को १०० वर्षमा संसारका अति विकसित देशको दााजोमा आफूलाई अग्र भागमा उभ्याउने कसम खाएको थियो । त्यही मुताविक ७२ वर्षको अवधिमा धेरै कायापलट गरी सकेको छ ।
यिनीहरुलाई योजना बनाउन, त्यसको व्यवस्थापन गर्न केही समय लाग्छ । त्यसको सकारात्मक, नकारात्मक पक्ष केलाउन समय लाग्छ । तर जब ती विषय टुङ्गिन्छन्, काम गर्न त्यति समय लाग्दैन । यो नै यिनीहरुको स्थायी र दीर्घकालीन टिकाउ प्रविधि मैत्री, वातावरण मैत्री, श्रम मैत्री व्यवस्था हो । यिनीहरु बोलीमा चुकेर काम नगर्ने, ढिलासुस्ती नगर्ने, कबुलियत गरेका काम फत्ते गर्ने, काम र कुराको तालमेलमा चल्ने गर्दछन् ।
यति धेरै काम गर्छन् कि कहिँ कतै केही समस्या छ भने नीतिगत र कानुनी तरिकाले हल हुन्छ । ब्यूरोक्रेसीले एक रफ्तारमा काम गरी रहेको हुन्छ । राजनीतिक पार्टीहरुले विधायिकाबाट नीतिगत योजना तर्जुमा गर्दछन् । त्यसको संरचनामा सबैलाई एउटै प्रणालीबाट व्यवहार गरिन्छ । धेरैजसो काम विद्युतीय माध्यमबाट गरिने हुनाले सबैलाई एउटै व्यवहार हुन्छ । जनता प्रत्यक्ष राजनीतिमा सहभागी हँुदैनन् । तर नेता र पार्टीलाई “वाचडग” को काम गरेर जन अदालतको कठघरामा भने उभ्याउछन् । पार्टी र नेता होइन, नीति, योजना र कामका आधारमा आफ्नो मताधिकारको प्रयोग गर्छन् ।
यस्तो परिवेशभित्र आएका हामी नेपाली श्रमजीवी वर्गले कस्तो तरिकाले आफूलाई यिनीहरुको पाटोमा ढाल्नु पर्दछ भन्ने विषय सोचनीय र मननीय छ । त्यसैले यसै सेरोफेरोमा रहेर यहाा चर्चा गरिने छ । यी र यस्तै कुराको मनोवैज्ञानिक प्रभाव जोकोहीलाई पनि नपर्ला भन्न सकिदैन । त्यसमाथि पनि नेपालीहरुमाथि थप निम्न प्रकारका चुनौती र समस्याहरु पनि विद्यमान छन्,
जुन यस प्रकार छन् :
१. हाम्रो मानसिकता
२. हाम्रो कुशलता
३. हाम्रो देशको विदेश नीति
४. हाम्रो देशको रोजगारीको अवस्था
५. देशको राजनीतिक अवस्था
६. विभिन्न राजनीतिक पार्टीहरुको इच्छाशक्ति
७. जापानमा रहेका नेपाली व्यवसायीहरुको तौरतरिका
८. भाषा, भिसा र वेतन र विदाको अवस्था
हाम्रो मानसिकतालाई समग्रमा हेर्ने हो भने निम्न पुँजीवादी सोचमा अवस्थित रहेको देखिन्छ । मेरो या उसको कुरा होइन, सबैको स्थिति कुनै न कुनै प्रकारले उस्तै छ । उदाहरणका लागि, सर्वप्रथम जापान आउादाको ऋण तिर्ने, त्यसपछि घरजग्गा जोड्ने, सम्पत्ति कमाउने सोचमा दिमाग खर्चिने, समाज परिवर्तन, विकासभन्दा आफ्नो स्वार्थसिद्धिमा बढी लाग्नु । डाह गर्ने, इष्र्या गर्ने, अरूको खुट्टा तान्न खोज्ने, अरूका कुरा काट्ने जस्ता काम हुनु पनि यहााको समस्या हो । यस्तो व्यवहारले भाइचाराको सम्बन्ध बन्न मुस्किल हुन्छ । हुन त यो समस्या धेरै या थोरै जहाा पनि रहेको पाइन्छ ।
विदेश जाने, पैसा कमाउने, समाजमा अरू भन्दा ठुलो र धनी बन्ने सपना पनि पुरा नहुनु, आफ्ना साथीसागी, इष्टमित्र, छरछिमेकी सबै आफूभन्दा राम्रो भएको देख्नु, यता केही गर्ने भने पनि केही गर्न नसक्नु नै मुख्य समस्या हो । पारिवारिक विछोड, आर्थिक रूपमा सम्पन्न बन्न नसक्नु, आफ्ना साथीहरुको नेपालमै अत्यधिक प्रगति भएको देख्नु जस्ता कुराले मानसिक रूपमा विचलन आउन थाल्छ र आत्महत्यासम्मको प्रयास गर्न पुग्छन् ।
हाम्रो कुशलता काममा होइन, गफमा केन्द्रित छ । वास्तविकतामा होइन, कृत्रिमतामा केन्द्रित छ । बनेर होइन, बनाएर आएका ९५ भन्दा बढी मानिसहरुको कार्यकुशलताले पनि महत्त्वपूर्ण समस्या सृजना गरेको पाइन्छ । हातमा सिप र दिमागमा ज्ञान भयो भने त्यो व्यक्तिलाई राम्रै स्थान पाइन्छ । तर यहाा पैसा कमाउने खेलमा बोलाउने र आउनेको कहिँ न कहिँ दुबैको गम्भीर दोष देखिन्छ ।
हाम्रो देशको विदेश नीतिलाई हेर्ने हो भने जीवन बिमालाई बढोत्तरी गरेर पनि बहिर्गमन गराउन हौसाउने र उनीहरुबाट आएको रेमिट्यान्सलाई नै देशको आयश्रोतको मुख्य श्रोत बनाउने नीति नै डरलाग्दो छ । युवा शक्तिलाई विदेश पलायन गराएर आर्जन गरेको राष्ट्रिय ढुकुटी भ्रष्टाचार गरेर स्वाहा पारिन्छ । आखिर यसले देशको विकास हुन सक्दैन, न त युवाहरुको आर्थिक विकास हुन्छ । ऊ घर फर्किदा रित्तो हात मात्रै हुन्छ, न देशमा रोजगारी छ, न पैसा छ ।
हाम्रो देशको रोजगारीको अवस्था हेर्ने हो भने बडो दयनीय छ । भएको रोजगार पनि व्यवस्थित रोजगार होइन । परम्परागत कृषि प्रणालीबाट काम गर्दा रोजगारको व्यवसायीकरण हुन सकेको हुादैन । व्यवसाय, उद्योगधन्दामा हुने रोजगारी व्यवस्थित रोजगारी हो । त्यसैले हाम्रो देश भनेको सबै रोजगार, सबै बेरोजगार रहेको देश हो भन्दा अत्युक्ति नहोला । दुई जनाले पनि त्यही काम, पाँच जनाले पनि त्यही काम । यो समस्या नै जटिल समस्या हो ।
देशको राजनीतिक अवस्था अत्यन्तै कमजोर, फितलो, अपारदर्शी र अव्यवस्थित छ । देश स्वतन्त्र भएर परि परतन्त्र जस्तै छ । देखिन्छ एउटा, गरिन्छ अर्को । तँछाडमछाडमा राजनीति चल्छ । निष्ठा र जिम्मेवारीको राजनीति प्राय: कसैले गर्दैन ।
विभिन्न राजनीतिक पार्टीहरुको इच्छाशक्ति नहुनुले पनि देशका होनहार युवाहरु विदेश पलायन हुनु परेको हो । देश बनाउनु पर्छ, रोजगारीको सृजना गर्नु पर्छ, देशको असीमित श्रोत–साधनको अधिकतम प्रयोग गर्नु पर्छ भन्ने इच्छाशक्ति नै छैन । यसले पनि समस्या बल्झी रहेको हुन्छ ।
जापानमा रहेका व्यावसायीहरुको तौरतरिका हेर्ने हो भने केहीलाई छोडेर अधिकांश खराब नै छन् । उनीहरु एक वा अर्को प्रकारले मानव तष्करको पेसामा संलग्न छन् । आफ्नो भएपछि लात हान्ने प्रवृति छ । जापानको कानुन बुझेर पनि नबुझेको जस्तै गरी श्रमिकहरुको श्रमको शोषण गर्ने गरेको पाइन्छ । हुन त जापानको व्यावसायिक झन्झट नभएको होइन, तर त्यसको कुशलतापूर्वक समाधान गरिनु पर्ने हो, त्यो गरिदैन ।
भाषा, भिसा, वेतन र विदाको अवस्था हेर्ने हो भने धेरै नै समस्या छ । काम गर्ने या गराउने कुनै पनि विदेशी नागरिकलाई भाषाको निकै नै समस्या छ । भाषा नै नजानेपछि तल पर्ने क्रम त यहीँबाट सुरु हुने नै भयो । यही कुरालाई आधार बनाएर श्रमिकलाई एउटा अप्ठ्यारोमा पारिन्छ । भिसाको समस्या पनि कम जटिल छैन । साहुहरुले भिसाको इस्यू बनाएर श्रमिकलाई या त बाइपास गराउने या सौदाबाजीमा श्रमको शोषण गर्ने समस्या देखिन्छ । कामको सही पारिश्रमिक त पाइदैन नै, त्यो पनि विभिन्न बहानामा पुरा वेतन पाइदैन । काम नजानेको, भाषा नजानेको, व्यापार राम्रो नभएको आदि–इत्यादि दोष लगाएर सम्झौता वमोजिमको (पहिलो होइन, दोस्रो) वेतन पनि दिइदैन । दिए पनि समयमा नदिएर महिनौँ महिना झुलाएर दिइन्छ । यी र यस्ता अनेकन् समस्या मौजुद छन् जापानमा ।
जापान नेपाली एकता समाजले यी विषयमा गम्भीर चासो राखेको छ । यसको समस्या समाधानका लागि आफ्ना योजनाहरुलाई क्रमिक रूपमा उठाउँदै छ । सम्बन्धित सरोकारवालासागको व्यापक बहस र छलफलपछि यी विषयले सही र न्यायपूर्ण स्थान ग्रहण गर्नेछन् भन्नेमा जापान नेपाली एकता समाज विश्वस्त छ । ढिला किन नहोला, एक दिन यी विषयले मूर्त रूप जापानवासी नेपाली समुदायले पाउने नै छन् ।
२०१२ देखि जापान नेपाली एकता समाजको स्थापना भए पश्चात् यसले केही महत्त्वपूर्ण कार्यहरु गर्दै आई रहेको सर्वविदितै छ । अहिले आएर सङ्गठनात्मक विस्तार पनि तीव्र गतिमा अगाडि बढी रहेको छ । यो अभियानलाई सङ्गठित र व्यवस्थित गर्दै अनुशासन र विचारले खार्न सक्यौँ भने हाम्रो समस्याको समाधान खोज्न अन्यत्र जानु पर्दैन । माक्र्सवादी, लेनिनवादी शिक्षा र त्यसको जीवन दर्शनले मानिसलाई स्पात बनाएर ल्याउने नै छ ।