बाग्लुङ । चाहना बिपरित राज्य पुनसंरचनाको नाममा भित्रिएको संघीयता थाम्न कै लागि अनाबश्यक कर वृद्धि गरेर जनताको जीवनस्तर कष्टकर बनाएको अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापाले बताउनु भएको छ । थापाले अगाडि भन्नु भयो– “यो अबस्थामा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयता खारेजीको आन्दोलनलाई सफल पार्न अनुरोध गर्दछु ।”
राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ पालिकाको २०७४ असोज १२ गते तंग्राममा हुन गई रहेको प्रथम सम्मेलन को पुर्व सन्ध्या काठेखोला गाउँपालिका वडा नंः ३ धम्जामा २०७५ असोज ६ गते राष्ट्रिय जनमोर्चाको वडा भेलामा प्रमुख अतिथिको आसनबाट उद्घाटन मन्तव्यको क्रममा थापाले जनताको “संघीयता खारेजीको विकल्प छैन, यसलाई जति सकिन्छ त्यति छिटो खारेज गर्नु नै नेपाल र नेपालीको लागि हित हुनेछ ।”
अखिल नेपाल शिक्षक संघका प्रतिनिधि भिम हमाल, अखिल छैठौं काठेखोलाका अध्यक्ष बिमा जोल्मी, अखिल नेपाल महिला संघ काठेखोलाका उपाध्यक्ष भद्री किसान, डोलेन्द्र घिमिरे, रेशम भण्डारी लगायतले भेला सफलताको सुभकामना मन्तव्य दिनुभएको थियो । भेला पुर्ण बहादुर थापाको अध्यक्षता, उमेश थापाको सञ्चालन र चुडामणि कडेलको स्वागत मन्तव्यमा भएको थियो ।
भेलाले पुर्ण बहादुर थापाको अध्यक्षतामा ९ पुर्ण, ४ बैकल्पीक र ७ सल्लाहकार रहेको राष्ट्रिय जनमोर्चा काठेखोला ३, धम्जा वडा समिति चयन गरेको छ । जसको उपाध्यक्ष भद्री किसान, सचिव उमेश थापा, सहसचिव सुनील खत्री, कोषाध्यक्ष नर माया पुन, सदस्यहरुमा रुद्र बहादुर थापा, बलेन्द्र बि.क., तुल बहादुर बि.क., पुर्ण बहादुर बि.क., बैकल्पीक सदस्य यम बहादुर थापा, दिल माया थापा, बासुदेव खत्री र एक स्थान रित्त रहेको छ । सल्लाहकारहरुमा कर्ण बहादुर खत्री, राम बहादुर थापा, सुर्य बहादुर थापा, दोलेन्द्र घिमिरे, चुडामणि कडेल, रेशम भण्डारी, सु. लाल बहादुर भण्डारी रहनु भएको छ ।
भेलाले सदस्यता बितरण, गाउँ सम्मेलन, जिल्ला सम्मेलनलाई भव्य रुपले सफल पार्न भुमिका खेल्ने निर्णय समेत गरेको छ ।