माधव भाट क्षेत्री
असौज ६, कपिलवस्तु । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको ११२औं नियमित बैठक क्लबका अध्यक्ष रो.बासुदेव घिमिरेको अध्यक्षतामा रोटरी सचिवालयमा सम्पन्न भयको छ ।
बैठकमा विभिन्न क्षेत्रका ब्याक्तिहरुलाइ प्रमुख बक्त्ताको रूपमा आमन्त्रण गरि बैठकलाई उपलब्धि बनाउने गरिन्छ। साथै क्लब भित्रका सदस्यहरुलाइ पनि कहिले बिजनेस त कहिले क्लासिफिकेसन अन्तर्गत साथीहरूका अनुभव साटासाट गरिनुका साथै सकारात्मक पक्षहरुलाइ अनुशरण गर्ने गरिन्छ् । त्यसै अनुरुप शुक्रवार साझ सचिवालयमा सम्पन्न बैठकमा रोटरियन ज्ञान बहादुर ढकाल लाई आफ्नो अनुभव सेयर गर्नको लागि समय उपलब्ध गराइएको थियो ।
उनको बायो डाटा रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका भाइस प्रेसिडेन्ट सेकेन्ड माधव भाटले प्रस्तुत गरेपछी २० मिनेटको लागि समय उपलब्ध गराइएको थियो। त्यस लगतै रो.ज्ञान बहादुर ढकालले आफ्नो बाल्यकाल देखि इन्डियन आर्मीमा १८ बर्ष सम्म जागीर गर्दाका कैयौं दुक्ख कष्टहरु लगायत कैयौं महत्त्वपूर्ण अनुभवहरु क्लबमा सेयर गर्नुभयो साथै नेपालिहरुले इन्डियनमा भोग्नुपरेको कैयौ पिडा मर्काहरुको बारेमा क्लवमा सेयर गर्नुभयको थियो ।त्यसलगतै रो.कमला कंडेल, रो.माधव भाट क्षेत्री, रो. मधु शर्मा, रो. कृष्ण प्रसाद भट्टराई, रो. राम बहादुर खत्री,रो.नारायण पान्डे लगायतले जिज्ञासा राख्नु भयको थियो।
साथै सचेतक रो. शुश्मा खाणले सनसाइन र उपस्थिति बारे क्लबमा जानाकारि गराउनु भयको थियो ।सचीव बिष्णु अर्यालले सन्चालन गरेको बैठकमा क्लबका भाइस प्रेसिडेन्ट सेकेन्ड माधव भाट क्षेत्रीको स्वागत र ज्वाइट सेक्रेटरी रो.मधु शर्माको धन्यवाद मन्तव्य राख्नु भयको थियो ।