टर्कीमा पक्राउ परेका छ सय श्रमिकमध्ये एक सय ६० रिहा

0
144

इस्तानबुल । इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका छ सय जनामध्ये एक सय ६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयौँलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यबद्धतापछि सरकार एक कदम पछि हटेको हो । सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका सिलसिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ । यसैबीच विमानस्थल निर्माण कम्पनी आई.जी.ए. ले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता सुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त विषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पुर्‍याएर छोडिने प्रशासनले प्रतिबद्धता जाहेर गरिसकेको आई.जी.ए. ले जानकारी दिएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here