आई.एम.ई. बैंक र न्यूरो हस्पिटलबीच सम्झौता

0
362

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच २०७५ असोज १ गते सम्झौता भएको छ ।अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग सम्झौता गरेको जनाएको छ । उक्त सम्भौतापत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिट, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ३७ एटिएम, ५एक्सटेन्सन काउण्टर, १५राजश्व संकलन काउण्टर, १०२ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसै गरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्ेरलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here