प्राकृतिक सम्पदाले संसारमा
सबै भन्दा धनि हामी छौ रे
तर पनि सबै भन्दा कंगाल
गरीबको घेरा मुनी हामी छौं रे
ए साथी भनी देउ न
कस्लाई दिने दोष, दोषी को ?
शान्तिको देश नेपाल भनेर
संसारले हामीलाई चिन्छ रे
फेरी किन यहि अपराधी जन्मियो
हत्यारा, लुटेरा, बलत्कारी
यहि देशमा कसरी हुर्कें ?
ए साथी भनिदेउ न
कस्लाई दिने दोष, दोषी को ??
वीरहरुको देश हो भनेर
सांसरले हामीलाई चिन्छ रे
किन आप्mनै सिमाना लुटिँदा
रमिता हेरेर बस्छौं ?
कहाँ हरायो त्यो इतिहास ?
ए साथी भनिदेउ न
कस्लाई दिने दोष, दोषी को ?
हामीले संसारलाई सिंगारेका छौं रे
मरुभूमिलाई फुलबारी बनायौं
कुना कुनामा सस्तो श्रम बेचेर
देशको समृद्धिको सपना देख्ने
अरुको मुख ताक्ने कस्ले बनायो
ए साथी भनिदेउ न
कस्लाई दिने दोष, दोषी को ?
हरेक ठाउँमा भ्रष्टचार हुन्छ रे
राम्रो होइन, हाम्रो रोजिन्छ
समानता होइना जातीय खोजिन्छ
काम गर्ने भोक्कै मर्छ
गुण्डाहरुको जय जय हुन्छ
ए साथी भनिदेउ न
कस्लाई दिने दोष, दोषी को ??
सधै नेतालाई सरापछन् रे
त्यो नेता पनि आफैले चुनेका
चुनाब जित्न जाल मात्रा बुनेका
लोभमा नेताको झोला बोक्ने
आप्mनै दाजुभाईलाई ठोक्ने
ए साथी भनिदेउ न
कस्लाई दिने दोष, दोषी को ??
हामी मिले संसार जित्न सक्छौं रे
लौ त यो निन्द्राबाट जागौं
सुनौलो नेपालको निर्माण तीर लागौं
अझै पनि आँखा नखेले
सन्तानले भोली झन् सास्ति पाउने छ
ए साथी भनी देउ न
नेपाल हाम्रो हो ।
हामीले नै बनाउने हो ।
लिला परियार
हाल जापान