रेवाडी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत महिला बिभाग रेवाडीको आयोजनामा तीजि कार्यक्रम भव्यरुपमा सम्पन्न पारिएको छ । नई अनाजमण्डीस्थित शिव मन्दिरमा सम्पन्न उक्त कार्यक्रममा रेवाडीका विभिन्न स्थानबाट तथा भिवाडी निमराना सम्मबाट पनि महिला र पुरुषहरु पुगेका थिए ।
उक्त तीजि कार्यक्रमको अध्यक्षता महिला विभागकी अध्यक्ष शान्ति घिमिरेले गर्नुभयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रामबहादुर थापा, रेवाडी नगर समितिका उपाध्यक्ष विष्णुप्रसाद, राजकीय वरिष्ठ माध्यमिक विद्यालय सहारनवास की प्रिन्सीपल सुमित्रा यादव, भिवाडी नगर समितिका समुन्द्र सिंह तथा रेवाडी नगर समितिका जोगबहादुर आले, प्रेम अधिकारी, इन्द्रलाल पाण्डे, शिव मन्दिर कमेटी, बिजली बोर्डका लोनीका विभिन्न पदाधिकारीहरुले पनि अतिथिको रुपमा तीजको शुभकामना मन्तव्य दिनुभएको थियो ।
जोधपुर ।
हरितालिका तीज जोधपुर पनि भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत जोधपुर महिला बिभागद्धारा आयोजित उक्त हरितालिका तीज कार्यक्रमको सञ्चालन यामबहादुर नेपालीले गर्नुभएको थियो । सानु बस्नेतले अध्यक्षता गर्नुभएको थियो । उक्त कार्यक्रमका अतिथिहरुमा महिला क्षेत्रीय विभागका सदस्य पार्वती थापा, मूल प्रवाह नगर समितिका तुलसीराम सुबेदी, रुद्रनाथ सुबेदी हुनुहुन्थ्यो ।
रिको गेष्ट हाऊसको नजिकै स्थित लघु उद्योग भारती हलमा सम्पन्न उक्त कार्यक्रममा जोधपुर भरिका नेपालीहरूको व्यापकरुपमा उपस्थिति थियो । कार्यक्रममा नेपाली महिलाहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अन्तमा मूल प्रवाह क्षेत्रीय समितिका होमबहादुर गुरुङले कलाकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।