निसीखोला गाउँपालिका अखिल (छैठौँ)को प्रथम भेला सम्पन्न

0
359

बाग्लुङ । अखिल छैठौँ बागलुङको एतिहासिक २३ औं जिल्ला सम्मेलनको तयारी अन्तर्गत बिभिन्न बिद्यालय नगरपालिका तथा गाउँपालिकामा सङ्गठन निर्माण तथा परिचालन तिब्र पारिएको अखिल (छैठौँ) बागलुङले जनाएको छ । यसै अन्तर्गत जिल्लाको सुदूर पश्चिम निसीखोला गाउँपालिकाको प्रथम भेला सम्पन्न पारिएको छ ।

अखिल (छैठौँ) प्रभा विमा अध्यक्ष मोहनचन्द्रको अध्यक्षतामा सुरूभएको कार्यक्रम सहिदहरूप्रति मौनधारणबाट शुरू गरिएको सो कार्यक्रममा प्रमुख अतिथि यूनियनका राष्ट्रिय परिषद सदस्य इन्द्रमणी पाण्डे हुनुहुन्थ्यो । पाण्डेले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नभएको थियो । उद्घाटन मन्तव्य दिंदै पाण्डेले बिद्यार्थीहरू समाजको चलायमान बर्ग भएकोले सचेत भएर अखिल (छैठौँ) को झन्डामुनी गोलबन्द हुन आव्हान गर्नुभयो ।

फरक पंसङ्गमा बोल्दै पाण्डेले निसीखोला गाउँपालिकामा केही बिद्यालयमा कथित शान्ति क्षेत्र घोषणा गर्दै बिद्यार्थीहरूलाई राजनीतिबाट बञ्चित बनाउन खोजेकोले त्यसका बिरूद्ध अखिल (छैठौँ) आबश्यक परे कानुनी लडाइको साथै आन्दोलन गर्न तयार रहेको समेत पाण्डेले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिका अध्यक्ष थम्मन घर्ती मगर, शिक्षकको तर्फबाट भूमिराज आचार्य, अखिल (छैठौँ) ढोरपाटन नगरपालिका सदस्य बिमल खरेल लगाउतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

घनश्याम कंडेलको सञ्चालन र दिपा गिरीको स्वागत मन्तव्यबाट सूरू भएको भेलाले मोहन चन्द्रको अध्यक्षतामा २ बैकल्पिक सहित १७ सदस्सीय अखिल (छैठौँ) निसीखोला गाउँपालिकाको गठन गरेको छ । जसमाः उपाध्यक्ष– झलक घर्ती मगर, सचिव– घनश्याम कँडेल, सहसचिव– दिपिका गिरी, कोषाध्यक्ष– संगिता चन्द रहेका छन् । त्यस्तै सदस्यहरूमा सूरज घर्ती, बिनिता शाही, कमल हमाल, नबराज कँडेल, टिका चन्द, ज्ञानबहादुर रेग्मी, सूरज गिरी, जीबन खत्री, बैकल्पिक सदस्यमा मनकुमारी गिरी र लोकेश्वर सापकोटा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here