बेंगलोर उत्तरमा तीज भव्य रुपमा मनाइयो 

0
288
बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत महिला नगर विभागको अयोजनामा तीजि कार्यक्रम २०७५ भव्य रुपमा सम्पन्न पारेको छ । आरटी नगरको मारुती कम्पेलेक्शमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सरस्वती केसीले र सञ्चालन सावित्रा थापाले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई शान्ति परियारले स्वागत गर्नुभएको थियो ।
                   केन्द्रीय समितिका बैकल्पिक सदस्य मदन भण्डारीले कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो ।  महिला विभागकी भारती परियार, मूल प्रवाह क्षेत्रीय समितिका देब बहादुर केसी, नगर समितिका किशन परियार, विवि थापाले महिला दिदी बहिनीहरुलाई तीजको शुभकामना मन्तव्य दिनुभएको थियो ।
               वक्ताहरुले तीज मनाउनुको उदेश्य र त्यसको परम्पराबारे औंल्याउनु भएको थियो । प्रअुख अतिथि भण्डारीले महिलाहरुले तीजलाई केवल मनोरन्जनको दिनमात्र नसंझेर तीजलाई अवसरको रुपमा लिएर आफ्नो अधिकार प्राप्तीका लागि आन्दोलनको आँधी वेहरी श्रृजना गर्ने दिनको रुपमा लिनु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here