‘नेपाली देशभक्त आवाज’ले प्रथम भलिबल प्रतियोगिता गर्दै

0
432

न्यू दिल्ली । नेपाली देशभक्त आवाजले भारत प्रवासमा स्वयंसेवक देखि लिएर प्रवासमा बेचिएका चेलिबेटीहरुको उद्दार गर्ने, दुख पिडामा परेका नेपालीहरुको सहयोगमा जुट्ने, खेल र खेलाडिहरुको सम्मान गर्दै उनीहरुलाई अघि बढ्न सहयोग पुर्याउने, नेपाली कला संस्कृतिको संरक्षण गर्दै विश्व सामु नेपाललाई चिनाउने कार्यक्रमहरु गर्ने, लागुपदार्थ नशा मुक्ती अभियानमा जनचेतना संदेश दिने, राष्ट्रीयताको रक्षाको आन्दोलनमा सरिक हुने र सिमा अतिक्रमण बिरुद्ध आवाज उठाउने र कार्वाही गर्ने अन्याय अत्याचार र भ्रष्टाचार बिरुद्ध चर्को आवाज बोल्दै आएको नेपाली देशभक्त आवाजले यसपटक भारतको राजधानी दिल्लीमा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

“खेल र खेलाडिहरुको उच्च समान नेपाली देशभक्त आवाजको अभियान प्रवासमा नेपालीको पहिचान“ भन्ने मुल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गरेको संस्थाका संस्थापक बाबु रोकाले बताए ।

‘प्रवासमा भलिबल खेल्न रुचि राख्ने तर बल खेल्ने बाताबरण नमिलेको सम्पुर्ण खेल्नेहरुलाई सुनौलो अबसर दिएको छ’ रोकाले भने– ‘यहि आउँदो सेप्टेम्बर २३ अर्थात असोज ७ गते का दिन सामाजिक संस्था नेपाली देशभक्त अवाजले प्रथम पुरुष भलिबल प्रतियोगिता राखेको हुँदा सम्पुर्ण खेल प्रेमी साथिहरुलाई गौरवमय उपस्थितिको लागि यसै समाचार मार्फत हार्दिक अनुरोध गरेको छ ।’

यस खेलबाट प्रवासमा आफ्नो जीवन यापन गर्नुको साथसाथै आफूभित्र भएको प्रतिभा बाहिर देखाउने बाताबरण नमिलेको र यसै खेलबाट लुकेका खेल प्रतिभालाई बाहिर ल्याउने योजना भयको संस्थापक बाबूले जानकारी दिए ।

प्रवासी नेपालीहरुलाई एकीकृत गर्ने, खेल जगतलाई प्रोत्साहित दिदै प्रवासमा खेल र खेलाडीहरुलाई उच्च समान गर्न खेलको आयोजाना गरेको संस्थाका खेल संयोजक हरि रोकाले जानकारी दिए ।

भोलि का दिन मा ! यस्ता कार्यहरु हुने जनचेतनामुलक कार्यक्रमहरु देखि सबै ! संस्थाले गर्न सकने र आफूहरु प्रवासमा नोकरी पेशाबाट बचेको समयलाई देश र समाजसेवामा दिने सम्पुर्ण संस्थाका प्रतिनिधिहरुको भनाइ छ । उक्त खेलकुद कार्यक्रममा सम्पुर्ण खेलाडीहरु खेल प्रेमी समाजसेवी पत्रकार बुद्दिजिवी लगायत सम्पुर्ण महानुभावहरु उपस्थित भइ खेलको सोभा बढाइदिनुहुन समेत उक्त सस्थाले सबैलाई आग्रह गरेको छ ।

कार्यक्रम हुने मिति 23 सितम्बर 2018 स्थान : आर. के पुरम मलाइ मन्दिर दिल्ली समय बिहान 10 बजे

सम्पर्क नम्बरहरु : 9871485836, 9971206575, 97736262922, 9717739774

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here