महिलाहरुले संगठित आन्दोलनमा लाग्नु पर्ने आवश्यकता छ : पौडेल

0
617

तारापुर । महिला संगठित आन्दोलनमा लाग्नु पर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले बताउनु भएको छ । पौडेलले तारापुर महिला बिभागको आयोजनमा सम्पन्न हरितालिका तीजि कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राख्नु भएको हो ।

कार्यक्रमको बिधिवत प्रमुख अथिति प्रेम पौडेलले कार्यक्रम देश र राष्ट्रको लागि आउती दिएर सहिदको एक मिनेट मौनधारण पछि जनमानसलाई महिला बिभाग कि सुनिता पुनले स्वागत भाषण गरेकी थिइन् । त्यसपछि जनमानसलाई स्वाग गितबाट रक्तिम परिवारले, स्वागत गर्नु भएको थिए त्यस पछि लगत्तै तीजको शुभकामना अथितिहरुले दिनुभएको थियो ।

प्रमुख अथिति पौडेलले प्रवासमा बस्ने नेपाली महिलाहरु मात्र होइन बिश्वभरी भएका महिलाहरुको हकहितको लागि आन्दोलनको खाँचो रहेको बताउनु भएको थियो । महिलाहरु प्रगतिशील बन्नु पर्ने बताउनु भएको थियो । महिलाहरुले चुलो चौकोमा मात्र सिमित नरही आफ्नो अधिकार सुनिश्चितताका लागि संगठित आन्दोलनमा लाग्नु पर्नेमा पौडेलले जोड दिनुभएको थियो । आजको २१ औं शदीमा पनि महिलाहरु माथि हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराध घटिरहनु निन्दनीय भएको पौडेलले बताउनु भयो ।

सुमित्रा नेवारको सञ्चालन तथा महिला बिभाग अध्यक्षताबाट अगाडी बढेको सो कार्यक्रममा अथितीहरु क्रमश: केन्द्रीय सचिब केन्द्रीय सचिब इन्द्र भेटाल, मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुवर, रक्तिम बिभागका बोम सिंजापति, महिला बिभाग क्षेत्र संयोजक रेनुका कुंवर, मूल प्रवाह क्षेत्रीय सचिब मोहन ठकुल्ला, क्षेत्रकै गंगा भट्टराई, तारापुर नगर अध्यक्ष खडक राई, रक्तिम तारापुरका अध्यक्ष गणेश भट्टराई, मुम्बई नगर समितिबाट प्रेम सुबेदी, पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, अखिल भारत एकता मञ्च केन्द्रीय सचिबलाई सदस्य भिमबहादुर खड्का, सुदुर पश्चिम बिकास एकता मञ्चका एकराज भट्ट लगायतले तीजि कार्यक्रमको आतिथ्यता गरेका थिए ।

कार्यक्रममा रक्तिमका कलाकारहरुले भव्य तीजि कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here