नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति महिला बिभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । कमला भुसालको अध्यक्षता, सीता केसीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको उद्घाटन केन्द्रीय सचिव ठाकुर खनालले गर्नु भयो ।
खनालले तीज धार्मिक सांस्कृतिक मात्रै नभएर यसले राजनैतिक स्वरुप ग्रहण गरिसकेको र महिलाहरुको लागि आफ्नो मनको वेदना पोख्ने मात्रै नभएर समानता र अधिकाको लागि चलेको आन्दोलनको रुप लिएको बताउनु भयो ।
“तर सामन्ती छाप र छाडा संस्कृतिको कारण समाजमा विकृति समेत देखिन्छ ।” खनालले भन्नु भयो– “निरंकुश पन्चायती व्यवस्थाको विरुद्ध समेत महिलाहरु तिजको मौका छोडेर शासनको विरुद्ध र स्वतन्त्रताको पक्षमा तीजि कार्यक्रमको माध्यमबाट चेतना फैलाउने उदेश्यका साथ मनाउनु पर्ने आवश्यक छ ।”
खनालले तीजको प्रगतिशील चरित्रको रक्षा गर्दै भौतिकवादी चेतना सहित समाज आम शोषित पीडितको मुक्तिको लागि काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा महिला केन्द्रीय विभाग कि शारदा खनालले पनि मन्तव्य दिनुभएको थियो । क्षेत्रीय सदस्य शिव केसी तथा नगर अध्यक्ष बिन बहादुर केसीको आतिथ्य र कार्यक्रममा स्वागत माया केसीले गर्नु भएको थियो ।