चण्डीगढमा प्रगतिशील तिजी मनाइयो

0
784
चंडीगढ, १२ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समिति अन्तर्गत चंडीगढ महिला विभागको आयोजनामा २०७५ को तीजलाई प्रगतिशील रुपमा सम्पन्न गरिएको छ ।
                मूल प्रवाह अ. भा. ने .ए.समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख अतिथि रहेको सो कार्यक्रम जमुना खनालको सञ्चालन तथा कुमारी थापाको अध्यक्षता रहेको थियो । समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनेट मौनधारण पश्चात माया आचार्यले स्वागत गर्नुभएको थियो ।
               सो तीजी कार्यक्रमको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले दीप प्रज्वलित गरि गर्नुभएको थियो । त्यसपछि सो समारोहमा प्रगतिशील तीजको महत्ववारे प्रकाश पार्दै शुभकामना दिने अन्य वक्ताहरुमा केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडेल, जातीय समाता समाजका केन्द्रीय सदस्य रामबहादुर नेपाली, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका संवाददाता खिमराज चालिसे, नगर अध्यक्ष मानबहादुर केसी, सदस्य लक्ष्मण खनाल, समाता विभागका वीनु नेपाली, महिला क्षेत्रीय सचिव जुना चालिसे, सदस्य सिमा खडका, विद्यार्थी विभागका विष्णु वेल्वासे र माधव पोख्रेल, जनजाति विभागका थमन थापा, रक्तिम विभागका दुर्गा विक, खेल विभागका पुरन थापा र वालविभागका दिपक चालिसे, लगायत हुनुहुथ्यो ।
             कार्यक्रमा हजारौं जनताको उत्साहपूर्ण सहभागिता विच महिलाहरुले प्रगतिशील गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here