‘महिलाहरुको हकहितका लागि आन्दोलनात्मक रुपमा मनाउनु पर्छ तीज’

0
263

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा २०७५ सालको तीजी कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ ।

सरिता बिसीको सञ्चालन तथा मिस्री खड्काको अध्यक्षताबाट अगाडि बढेको सो तीजी कार्यक्रममा सहभागीहरुलाई मायाँ बिसीले स्वागत गर्नुभएको थियो ।

मूल प्रवाहका महासचिव खगेश्वर शर्माले विद्यमान नेपाली समाजलाई तीजको नाममा विभिन्न खाले विकृतीहरुले हस्तक्षेप गर्दै आइरहेकोले निमुखा वर्गमा तीज लगायतका चाडवाडहरु अभिषाप बन्न थालेको बताउनु भयो ।

“समाजमा फैलिंदै गएको पश्चिमा छाडा संस्कृतिलाई परास्त गर्दै प्रगतिशिल समाज निर्माण लागि महिलाहरुले पनि सोही अनुरुपको काम गर्नु पर्ने हुन्छ ।” शर्माले भन्नु भयो– “यही पुरानो संस्कार र परम्परालाई निरन्तरता दिंदै भाषा संस्कृतिको संरक्षण नाममा छाडा संस्कृतिलाई अंगिकार गर्दै जाने हो भने नेपाली संस्कृति पनि लोप हुन्छ ।” शर्माले नेपाली महिला दिदी बहिनीहरुले तीज पर्वलाई आन्दोलनात्मक रुपमा मनाउनु पर्ने बताउनु भयो । आफ्नो अधिकार तथा हकहित प्राप्त गर्ने आन्दोलनको रुपमा तीज पर्वलाई अगाडि बढाउनु पर्ने समेत शर्माले जोड दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय समितिका सूर्यबहादुर क्षेत्री, रक्तिम क्षेत्रीय बिभागबाट धरम खनाल, बिद्यार्थी केन्द्रीय समितिका कोषाध्यक्ष अजय रेशमी, नगर समितिका अध्यक्ष बाबुराम बिष्ट र महिला क्षेत्रीय विभागबाट रेशमा पुनको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here