अनेरास्ववीयु छैठौं अर्घाखाँचीमा सचेतना अभियानमा

0
279

अर्घाखाँची । सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले बाल शिक्षा मा.वि.ढाकावाङ र प्रभाकर मा.वि.धारापानीमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी., कोषाध्यक्ष पुरन नेपाली, सह–सचिव सन्देश खनाल र सदस्य हिम्मत खनालले समाजमा घटिरहेका सामाजिक कु–प्रथा,बलत्कार,हत्या तथा लैंगिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिंदै सामाजिक बिकृतिका बिरुद्ध सचेतना छर्न विद्यालय र विद्यार्थी नै बलियो आधार भएको बताए । वक्ताहरुले शिक्षक र विद्यार्थी एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

आसन्न असौजको पहिलो हप्तामा सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको अखिल छैठौंले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधिको साथसाथै सामाजिक सचेतना अभियान पनि सञ्चालन गरेको हो । विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले अमृता खनालको अध्यक्षतामा ५७ सदस्यिय अखिल छैठौं बालशिक्षा मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा शुसिल खनाल, सचिव मनिषा खनाल, सह–सचिव सिर्जना घ.म.र कोषाध्यक्षमा रन्जिता खनाल निर्बाचित हुनुभएको छ ।

यस्तै भेलाले घनश्याम नेपालीको अध्यक्षतामा ६१ सदस्यिय अखिल छैठौं प्रभाकर मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश: सविता बन्जाडे, देव बहादुर राना, करिना बञ्जाडे र देवेन्द्र रेश्मी चयन हुनुभएको छ ।

अखिल छैठौं अर्घाखाँचीले शैक्षिक ब्यापारीकरण र संघीयता बिरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४औं जिल्ला सम्मेलन गर्ने छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here