राजमोले तुल्सीपुरमा कोण सभा गर्यो

0
534

भदौ २५, दाङ । राष्ट्रिय जनमोर्चा तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा ‘संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर’ भन्ने मुल नाराका साथ कोणसभा सम्पन्न भएको छ ।

कोणसभामा बोल्ने बक्ताहरुले राष्ट्रिय जनमोर्चाले बारम्बार संघीयता देशको लागि ठिक हुँदैन भनेर हाँको हालिराख्दा पनि जनताले मुद्दाका आधारमा दृष्टिकोण निर्माण गर्न नसक्ने मौकाको फाइदा उठाउँदै शासकहरु बाहिय चासो सम्बोधन गर्न लाग्दा देशको हालत सँधै कमजोर भएको बताए ।

‘संघीयताकै कारण जनताको ढाड सेक्ने गरि कर वृद्धि भएको छ । त्यसैले संघीयता खारेज गरि राज्यको स्वरुप स्थानीय स्वशासनमा आधारित एकात्मक हुनुपर्दछ’ वक्ताहरुले भने– ‘प्रदेश सरकारको आबस्यकता र औचित्य नै नभएकोले त्यस्लाई राख्नुको अर्थ छैन ।’

सभामा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसी, जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा (मसाल) दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष श्यामलाल पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सहसचिब ऋषिराप पौडेलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here