“कम्युनिस्टहरुमा ईश्वरवाद !”

0
473

रेशम रोका मगर

कम्युनिष्टहरूको विश्व इतिहास हेर्ने हो भने उनीहरूको सिद्धान्त धर्मका पक्षमा देखिँदैन र नेपालका कम्युनिष्टहरू पनि धर्मप्रतिको उदारता देखिँदैन । जुन कम्युनिस्ट शीर्ष नेताहरूको क्रियाकलापले दर्शाउँछ । तथापि धर्मकर्ममा विश्वास गर्ने कम्युनिष्टहरू आफ्नो पार्टीको सिद्धान्तसँग कसरी सहमत छन् भन्ने विषय सोंचनीय छ । नेपाल बहु धर्म, जाति र संस्कृति भएको देश हो । नेपालका सबै कम्युनिष्ट धारका पार्टीभित्र धर्ममा आस्था राख्नेहरूको ठूलो जमात छ । अर्थात् मानिसहरू पार्टीको विधान पढेर, सुनेर, बुझेर अनि मनन् गरेर नै उक्त पार्टीको सदस्य बन्ने गर्छन् । कुनै व्यक्ति कुनै पार्टीप्रति आस्था हुनु भनेको पार्टीको नीति र सिद्धान्त आफू अनुकूल हुनु हो ।

हजारौ बर्ष पहिले मानव सभ्यता कस्तो थियो होला । जसको हामी अनुमानसम्म लगाउन सक्दैनौं । त्यति बेला नै यी बाक्यहरु प्रतिपादन भएका हुन् । मिहिनेत गर, अरूको कुभलो नसोंच, आफैंमाथि विश्वास गर, जीवनमा मनले चाहेको सोंचेको खोजेको सबै कुरा गर्न नचुक । तर अहिले धर्म भनेको नामका पछाडि लेखिने थरमा सीमित भएको देखिन्छ ।

पछिल्लो राजनीतिक परिवर्तनसँगै देश धर्मनिरपेक्ष घोषित भएको छ । जबकि मानव स्वास्थ्य सम्बन्धी सरसफाइ, खानपिन, ध्यानजस्ता सबै विषयहरू धर्म ग्रन्थहरूमा प्रस्ट लेखिएको छ । हामीले संसारमा धेरै चमत्कारी कुराहरू देख्ने अवसर पायौं । अहिले संसार एउटा गाउँजस्तो भएको छ । घरमै बसेर मोबाइल ल्यापटपमा इन्टरनेट आदिका मदतले धेरै ज्ञान आर्जन गर्न सक्छौं । तथापि रेडियो टिभी तथा पोस्टर होर्डिङ बोर्डमा हामीलाई खान खानुअघि हात धुनुपर्ने कुरा सिकाइन्छ ।

देशमा खुलेआम धर्म परिवर्तनका विभिन्न क्रियाकलाप देखिन थालेका छन् । देशका सम्मानित ब्याक्ती स्वयं ईश्वरको नाममा सपथ खाँदैनन् । देशका प्रमुख धर्मावलम्बीहरूको चाडपर्वमा दिइँदै आएको राष्ट्रिय बिदा कटौती हुन्छ । कम्युनिस्ट नेताहरुले कार्लमाक्सलाई पुज्ने हुकुम दिन्छन् । तर आफू भने धार्मिक स्थलको दर्शन र प्रमुख अथितीको आसन ग्रहणमा लिप्त हुन्छन् । ध्यान योग आदिको व्यापार हुन थालेको छ । प्रत्येक दिन धार्मिक आस्थामाथि प्रहार भइरहँदा सम्पूर्ण जनता मौन छन् । कतै बिरोध हुदैन् । यी सबै घटनाक्रमले देश अन्योल र अराजक तर्फ जाँदै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

नास्तिक के हो ?

“नास्तिक अर्थात् अनीश्वरवाद यस्तो सिद्धान्त हो जसले ईश्वर छन् भन्ने सर्वमान्य प्रमाणको आधारलाई स्वीकार गर्दैन अर्थात् ईश्वर छन् भन्ने कुरामा विश्वास राख्दैनन् । त्यसैले होला, कम्युनिष्टहरू धर्मलाई अफिमको संज्ञा दिने गर्दछन् । धार्मिक चाडपर्व, रीतिरिवाज, विवाह, व्रतबन्ध, काजक्रिया आदिलाई केवल रुढिवादी संस्कृति हो भन्ने गर्दछन् । नेपालमा कम्युनिस्ट नेताहरूसँगै उनीहरूका केही कार्यकर्ताहरूले पनि यिनै कुराहरूलाई महत्व दिएको पाइन्छ ।”
झुठो वा अर्धसत्य कुरालाई हजार वर्ष सत्य हो, सत्य हो भनेपछि त्यो धर्म हुन्छ । यो कुरा सबै धर्ममा लागू हुन्छ । धर्म भनेको भ्रम हो । प्राचीनकालको केही सत्य र हालको केही असत्यको बीचमा अहिले धर्म अडिएको छ । यो एकदमै ठूले भ्रम हो । जुन देशमा धर्मलाई अति नै मान्छन् ती सबै देश गरिब छन् ।

आस्तिक के हो?

“मानव जाति र सम्पूर्ण जगतको भलाइका निम्ति सृष्टि गर्ने एक मात्र परम प्रभु अर्थात ईश्वर भगवन छन् भनि अवतरित भएको ईश्वरबाद वा आस्था (आशा) नै आस्तिक हो । जसमा यो सृष्टिलाई बचाइराख्नका निम्ति धेरै कुरा लेखिएका छन् । हामीमाथि धेरै कुराहरू वर्जित गरिएका र धेरै कुराहरू अनिवार्य गरिएको छ । अहिले वैज्ञानिकहरूले तिनै वर्जित गरिएका र अनिवार्य गरिएका कुराहरूलाई सोधखोज र अनुसन्धानबाट हुबहु पुष्टि गरेका छन् । अहिलेका वैज्ञानिकहरूको लामो शोध एवं अनुसन्धानबाट पुष्टि भएका नियम सदियौंदेखि गर्दै आइरहेका छन् । जसले गर्दा नै आजसम्म मानव अस्तित्व कायम छ भनिन्छ ।”

पहिले मानिसहरु अत्यन्त सरल थिए । समाज पनि त्यस्तै थियो । पहिलेका मानिसहरुले समाज कसरी चल्नु पर्छ भनेर त्यो बेलाका जान्नेबुझ्नेहरुले लेखिदिए । लेखेर उनीहरु सिमित समय बाँचे मरिहाले । पछिल्ला मानिसहरुले त्यसलाई धर्मको रुपमा परिभाषित गरे । सरल सामाजिक जीवनलाई उनीहरुले जटिल बनाए । राजनीतिकरुण, समूहकरण, जातिकरण, देवत्वकरण गरेर धर्मलाई समस्याको जड बनाइदिए ।

ईश्वर अनि धर्मप्रति आस्था हुनु नहुनु आ–आफ्नै किसिमका धारणा हुन सक्छन् । अहिले पनि धर्ममा बलात्कारी, निर्दोषको हत्या गर्ने देखि लिएर ठगी, चोरी, डकैतीजस्ता धेरै कार्यलाई अपराध भनिएको छ । जसलाई कठोर सजाय दिनुपर्छ भनिएको छ । यस्ता कुरामा धनीगरिब कसैलाई माफ नहुने भनिएको छ । तर वैज्ञानिकहरूले गरेका खोज अनुशन्धानलाई भने सर्वस्वीकार्य मान्यौं । हामीले धर्मग्रन्थले भनेको कुराहरू केवल एउटा धर्मको निम्ति हो भन्ने अर्थ लगायौं जबकि ती खोज अनुशन्धानका निष्कर्षहरू ग्रन्थहरूमा लेखि सकिएको छ, आजभन्दा हजारौ वर्ष पहिले । हाम्रो पुस्ताका महान् बैज्ञानिक र विद्वानहरूको लामो सोधखोज अनुसन्धानबाट प्रतिपादन भएको निचोड नै ती हजारौं वर्ष पहिलेका ग्रन्थमा लेखिनु भनेको ती पुस्तक ईश्वरीय हुन् भन्ने कुरालाई पुष्टि गर्ने आधार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here