‘गणतन्त्रको अनुभूति जनताले गर्न सकेका छैनन्’

0
393

भदौ २३, बागलुङ । देशमा गणतन्त्र आए पनि जनताले गणतन्त्रको अनुभूति गर्न नसकेको राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदीलाल सापकोटाले बताउनु भएको छ । सापकोटाले राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका वडा नं. ८ को वडा भेला काडेवासको भेलाको उद्घाटन मन्तव्यको क्रममा सो अभिव्यक्ति दिनु भएको हो । बर्तमान अवस्थामा गणतन्त्र र राष्ट्रियता रक्षाको संघर्ष राष्ट्रिय जनमोर्चाले चलाउँदै आएको सापकोटाले बताउनु भयो ।

भेलामा राष्ट्रिय जनमोर्चा गल्कोट नगर समिति सदस्य नारायण सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाको अध्यक्षता चुडामणी कडेलले र सञ्चालन भिम बहादुर के.सीले गर्नुभएको थियो । भेलामा सहभागिहरुलाई श्याम सुनारले स्वागत गर्नु भएको थियो ।

भेलाले श्याम सुनारको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका ८ नं वडा समिति, काडेवास गठन गरेको छ । जसको उपाध्यक्षमा भिमलाल गौतम, सचिवमा चुडामणी कडेल, सहसचिवमा सुनकली आचार्य र कोषाध्यक्षमा भिम बहादुर केसी रहेका छन् । त्यस्तै सदस्यहरुमा विकास सुनार, अर्जुन केसी र गंगा बहादुर दर्जी रहेका छन् । भेलाले अग्नीधर कडेल, चन्द्र बहादुर आचार्य, रुद्र बहादुर के.सी. र मन बहादुर पुनलाई सल्लाहकार चयन गरेको छ ।

–भीमसेन बन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here