हैदरावाद उत्तरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
176

हैदरावाद उत्तर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित उत्तर हैदराबाद नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयको छ । उक्त कार्यक्रमको सञ्चालन मोहनलाल शर्माले र अध्यक्षता रामप्रसाद अधिकारीले गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहण, वीर सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात् तेजेन्द्र प्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको उदघाटन अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले गर्नु भयो । दीप प्रज्वलित गरि गर्नुभएको थियो । कार्यकर्ताहरुले प्रशिक्षण लिनु अनिवार्य भएको रेग्मीले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रममा देशको तत्कालिक राजनीतिक बारे, संघीयता, कर प्रणाली बारे, संगठन बारे, जनबादी केन्द्रीयता, अनुशासन र जिम्मेवारी बारे भैरब राज रेग्मीले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा मूल प्रवाह का केन्द्रीय सल्लाहकार रामकुमार क्षेत्री, क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, सदस्यद्वय घनश्याम शर्मा र मिना आचार्यले शुभकामना मनतब्य दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here