संघीयता खारेजीको विकल्प छैन : महामन्त्री मोहनविक्रम सिंह

0
940

भदौ २२, अर्घाखाँची । नेकपा मसालका माहामन्त्री मोहन बिक्रम सिंहले देशभित्रका दक्षिणपन्थी, मधेसवादी तथा राजावादीहरुले संविधान असफल पार्ने खेल खेलिरहेको दाबी गर्दै यसबाट बच्नका निम्ती संविधानमा उल्लेखित संघीयता खारेज गरि अगाडि बढ्नुको बिकल्प नभएको बताउनु भएको छ । अगुवा कार्यकर्ता भेटघाटको शिलशिलामा अर्घाखाँची आउनुभएका माहामन्त्री सिंहले सन्धिखर्कमा प्रशिक्षण दिंदै यस्तो बताउनुभएको हो ।

त्यस्तै सिंहले मुलुकमा भइरहेको कर बृद्धिको प्रमुख कारण संघीयता रहेको बताउनु भयो । “संघीय ब्यबस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानिय तहको बजेट कटौती गरेकै कारण कर बृद्धि भएको हो ।” सिंहले भन्नु भयो– “स्थानिय तहले कर बृद्धि गर्नु, प्रदेश सरकारले बजेटको अभावमा कुनै पनि काम योजना अगाडि बढाउन नसक्नु नै जर्बजस्त लादिएको संघीयता असफल भएको छ ।”

वर्तमान सरकारले आफ्नो वाचा पूरा गर्न नसकेकोले जनताको विश्वास गुमाउँदै गएको बताउनु भयो । नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकीकरण हुनु राम्रो भएपनि उनीहरू माक्र्सवादी सिद्धान्तबाट विचलित भएको सिंहले जोड दिनु भयो ।
–गोपाल भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here