पानी बारे दिल्लीमा विचार गोष्ठी सम्पन्न

0
211

दिल्ली ‘स्थित साउथ एशिया युनिभसिटी’मा ‘Regional workshop on shared waterscapes ’ विषयमा चार दिने विचार गोष्ठि सम्पन्न भएको छ ।

देशहरुको लगानी भए दक्षिण एशियामा पानी श्रोत, तिनको परिचालन, उपयोग पानीमार्फत सामान्य क्षेत्रीय समनन्वयका लागि जनवरी ५ देखि ७ सम्म सो गोष्ठि आयोजन गरिएको थियो । गोष्ठिका आयोजक SAU का प्रोफेसर डा. मेधा विष्टले जानकारी दिनु भयो ।

गोष्ठिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै SAU President Dr. कविता शर्माले क्षेत्रीय स्तरको समनन्वय र सहयोग आदान प्रदानका लागि पानीले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

सो गोष्ठिमा नेपाल, भारत र बंगलादेश गरी एक दर्जन भन्दा बढि पानी पानी सम्बन्धित विज्ञहरुले आफ्ना आधार पत्र र धारणा राखेका थिए । नेपालबाट सो गोष्ठिमा पानी सम्बन्धि अध्ययताहरु सागर पर्साई, दिपक ज्ञावली, डा. अजय दिक्षीतको उपस्थिति थियो ।

SAU दक्षिण एशियामा सहयोग समन्वय प्रवर्दन गर्ने हेतुले दक्षिण एशियामा सबै आठवटा देशरुले मिलेर स्थपना गरेको SAU ले यस खालका क्षेत्रीय स्तरका गोष्ठी तथा सेमिनार लगातार रुपमा आयोजना गर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here