साना उद्योगमा नागरीको आकर्षण बढ्दै

0
187

दाङ । जिल्लामा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा वाणिज्यतर्फ ९१४ र उद्योगतर्फ एक हजार दुई साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर ओलीले जानकारी दिए । जिल्लामा व्यक्तिगत सात हजार ६६३ र साक्षेदारी ६३ उद्योग दर्ता छन् । एक हजार दुई नयाा दर्तासहित हालसम्म पााच हजार ८१० उद्योग दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

परम्परागत कृषि पेशााबाट जीवनयापन गर्न मुश्किल भएपछि कस्मेटिक व्यापार गर्न थालेको तुलसीपुरका स्थानियले बताउछन्  । कृषि पेशाभन्दा व्यापार गरेर बढी आम्दानी लिन सकिने उनिहरुको भनाइ छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावत राजनीतिक स्थिरतासागै आफ्नो लगानी सुरक्षित हुने देखेपछि व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको बताए । उनी भन्छन्, ‘सरकारले आर्थिक समृद्धिलाई जोड दिएको छ, नागरिकमा अब स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।’ घरेलु तथा साना उद्योग कार्यालयले आव २०७४/७५ मा रु एक करोड ९३ लाख ९६ हजार राजश्व संकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here