भदौ २३ गते प्रज्ञा भवन जाऔँ

0
432

काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौँको पाचौँ जिल्ला सम्मेलन २०७५ भदौ २३ गते कमलादीको प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । राजमोका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष लाल बहादुर थापाका अनुसार सम्मेलनको उद्घाटन राजमो अध्यक्ष चित्र बहादुर केसीले गर्नु हुनेछ । सम्मेलनको उद्घाटन पूर्व दिउँसो ११:३० बजे शान्तिवाटिकादेखि सम्मेलन स्थलसम्म जुलुस प्रदर्शन गरिने छ ।

राजमो काठमाडौँ पाचौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक समिर सिंहका अनुसार सोही दिन साँझ बन्दसत्र सम्पन्न भएर नयाँ कार्यकारिणी समिति चयन लगायतका काम सम्पन्न हुनेछन् । सिंहले हाँक मार्फत् आह्वान गर्नुभयो–“भदौँ २३ गते प्रज्ञा भवन जाऔँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here