हरि प्रसाद शर्मा हाल कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको सहकार्यमा सहकर्मी रेशम रोका मगरले तयार पारेको कतारको भौगोलिक अबस्था बारे छोटो जानकारी यहाँ माझ प्रस्तुत गरेका छौं । लेखाईमा कमिकमजोरी पक्कै छन् सल्लाह सुझावको अपेक्षा पनि गर्द्छौं ।
कतार ११,४३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अरब प्रायद्विपको उत्तर पुर्वी तट स्थित एउटा सानो प्रायद्विप हो । यसको दक्षिणी भागको सानो जमिनको हिस्साले साउदी अबरसग जोडिएको छ भने अन्यभागमा समुन्द्रले घेरेको छ । सन १७८३ मा कुवेतका अल खलिफा खानदानले यहाँ आएर शासन गर्न शुरुआत गरेका थिए पछि यो तुर्किको अधीनमा रह्यो र पहिलो विश्वयुद्ध पछि यो बिट्रीसको संरक्षणमा रह्यो भने १९७१मा स्वतन्त्र भएपछि १९७२ बाट खलिफा विन हमदले शासन गर्न शुरुआत गरे । अहिले यसैको निरन्तरता छ र यहाँको सरकार पूर्णरूपमा राजशाही हो ।
यहाँको राष्ट्रिय भाषा अरबी हो भने सरकारी कामकाजमा अरबी र अंग्रेजी भाषाको प्रयोग भएको पाइन्छ । कतारको धर्म इस्लाम हो । कतारको राजधानी दोहा हो र दोहा कतारको प्रमुख शहर पनि हो भने अन्य शहरहरुमा मेससाइड, अल वाक्रा, मदिना खलिफा, रसलाफान सिटी, अलखोर सिटी, दुखान, सनैया इन्डिस्ट्रियल एरिया लगायत छन् । ठुला ठुला सपिङ महलहरु यहाँ रहेका छन् । यहाँका वासिन्दा कतारी हुन यहाँको जनसंख्या तीन लाख पचास हजार छ । हाल कतारमा एक्काइस लाख आप्रवासी काम गरिरहेका छन् ।
कतार एक सम्पन्न साली राष्ट्र हो । यहाँको मुख्य आम्दानीको स्रोत प्राकृतिक ग्यास र पेट्रोल हो । यहाँ खजुर प्रसस्त मात्रामा पाइनुको साथै शुद्धताको प्रतिक पनि मानिन्छ । सानो मुलुक भएर पनि बिश्वको धेरै मानिसहरुलाई रोजगार दिने, व्यावसायिक स्थान दिनु र आगामी २०२२ को “फुटबल बिश्व कप”लाई पनि आयोजग राष्ट्रको रूपमा स्थापित गरेको छ । सुरक्षाको हिसाबले अत्यन्तै कडा रहेको र स्वास्थ्यप्रति गम्भीरता साथ लिने सरकारी अस्पतालमा सस्तो शुलभ र उच्चस्तरिय उपचार सेवा पनि दिने गरेको छ । यहाँको मुख्य खाना खबुस, अरबियन बिरियानी, कावा भए पनि व्यावसायिक रूपमा इडिंयन रेष्टुरेण्ट, नेपाली रेष्टुरेण्ट, श्रीलंका रेष्टुरेण्ट, चाइनिज रेष्टुरेण्ट लगायत अन्य राष्ट्रको पनि खाना पाइन्छ ।