तुल्सीपुरमा छैठौंको नगर समिति गठन

0
241

भदौ १८, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) तुल्सीपुर उपमहानगरपालिकाको भेला सम्पन्न भएको छ ।

भेलाले राजकुमार बिकको अध्यक्षतामा १ स्थान रिक्त रहने गरि ११ सदस्यीय नगर समिति निबार्चित गरेको छ । जसको उपाध्यक्षमा राजकुमारी चौधरी, सचिवमा प्रतिज्ञा भण्डारी, सहसचिब सुमन भण्डारी र कोषाध्यक्षमा पुष्पा भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमाः अमृत अधिकारी, बिक्रम घर्ती, शान्ता विक, हिमलाल पन्थी र बिकास नेपाली रहेका छन् ।

भेला पछि बसेको बैठकले सदस्यता बितरण गर्ने र यहि भाद्र ३० गते १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न पार्ने निर्णय गरेको छ ।

भेलामा युनियनका पुर्ब केन्द्रीय सचिब तथा हाल राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले प्रशिक्षण दिनु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here