भदौ १५, दोहा/कतार । ‘हामी प्रदेशीको चाहना, समृद्ध प्रदेश हाम्रो कामना’ भन्ने मूल नारा सहित प्रदेस नं ५ समन्वय परिषद कतारको पहिलो साधारण सभा सम्पन्न भएको छ । सो पहिलो साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
प्रथम साधारण सभाले आगामी २ बर्षे कार्यकालको लागि बुद्ध पाण्डेको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितको प्रथम उपाध्यक्षमा ठाकुर कुमार परियार, द्वितीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा डिल्ली राम भट्टराई, सचिवमा बलदेब राना, सचिवमा वसन्त राज पुरी, कोषाध्यक्षमा प्रकाश कोइराला र सह कोषाध्यक्षमा देब राज पुन रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा क्रमश: केशब खनाल, धर्म सिंह बिक, केदार नाथ भुसाल, झबिन्द्र आचार्य, श्यम कुमार डिसि, हरि बहादुर शाही, रामलाल खाती, ईश्वर काफ्ले, दुर्गा हमाल, अमृत बराल, शिवबहादुर बुढाथोकी र लिलाधर आचार्य रहेको निर्वाचन समितिका संयोजक क्रान्ति सिंहले बताए ।
बुद्ध पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहभागिहरुलाई ठाकुर कुमार परियार स्वागत र सञ्चालन सचिव डिल्लीराम भट्टराईले गरेका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आइसिसि मानर्थ सदस्य एवं प्रदेश ५ का सल्लाहकार संयोजक कमलमणि गुरागाइले गरेका थिए । गुरागाइले उद्घाटन मन्तव्यमा प्रदेश पाँच उद्योग तथा पर्यटनमा प्रचुर सम्भावना बोकेकोले त्यस्को प्रबर्धन गरेर समृद्ध प्रदेश बनाउन सकिने बताए ।
कार्यक्रममा आइसिसि मानर्थ सदस्य नरेन्द्र भाट, बमल सुवेदी, बिनोद प्रसाद भट्टराई, प्रबासी नेपाली मञ्च कतारका उपाध्यक्ष दोर्ण बहादुर बस्नेत, नेपाली जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौंपने, नेपाली एकता समाजका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, तराई मधेस लोकतान्त्रिक मञ्चका हुसेन खान, निबर्तमान सदस्य हंसराज ढकाल क्षेत्री, एनसिसि कतारका पुर्ब अध्यक्ष एवं प्रमुख सल्लाहकार विनेश तामाङ, पत्रकार महासंघ कतारका कार्यबहाक सचिव राजेश्वर ढकाल, जनजाति महासंघ कतारका महासचिव शिव भुजेल, गण्डकी प्रदेशको तर्फबाट पर्बत युबा सेवा समाज कतारका अध्यक्ष चिन्तामणी पौडेल, प्रदेस नम्बर ३ बाट एनसिसि कतारका संयोजक नारायण बिस्ट, प्रदेस नम्बर २ बाट सर्लाही प्रबासी सेवा समाजका अध्यक्ष श्री पेम्बा घलान, प्रदेस नम्बर १ बाट मोरङ सुन्सरी सेवा समाजका सचिव नियम भुजेल, प्रदेस नम्बर ५ समन्वय समितिका सल्लाहकार सदस्य अर्जुन प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।