निजी विद्यालय सरकारीमा गाभियो

0
200

जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी विद्यालयमा गाभिएको छ । स्थानीय शिशु कल्याण आधारभूत विधालय र मोडेल इङलिस बोर्डिङ स्कुलबीच समायोजन भएको हो ।

साउन ८ गते नै एक भएर अध्ययन सुरु गरिसकेको विद्यालयको २०७४ भदौ ६ गते एक औपचारिक कार्यक्रमबिच समायोजनको घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । समायोजन भएको विद्यालयमा छ जना सरकारी र छ जना निजी विद्यायका शिक्षक छन् । ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा निजीका एक सय १४ र सरकारीका ५७ जना गरी एक सय ७१ जना विद्यार्थी अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here