जेरुसेलम । अमेरिकालाई प्यालेस्टाइनी शरणार्थीको विषयमा हस्तक्षेप नगर्न प्यालेस्टाइनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् । अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चार माध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पी.एल.ओ.) का कार्यकारी समिति सदस्य वासेल अबु युसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो ।
प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय अधिकारलाई प्रभावित गर्ने कुनै पनि विषयलाई अस्वीकार गर्नेछ, युसेफले प्यालेस्टाइनी रेडियो ‘भ्वाइस अफ प्यालेस्टाइन’ लाई दिएको अन्तर्वार्तामा बताए । उनले संयुक्त राज्य अमेरिकाले इजरायलको पक्षमा ‘पूर्ण पक्षपातपूर्ण’ व्यवहार देखाएको पनि उनको आरोप छ । शरणार्थी विभागका प्रमुख समेत रहेका हाउलीले इमेल मार्फत् एक विज्ञप्ती पठाउँदै भने– “प्यालेस्टाइनी शरणार्थीको समस्या बिल्कुल इजरायली–अरब द्वन्द्व भएको भन्दै यसमा अमेरिकी हस्तक्षेप अनावश्यक रहेको बताए ।” प्यालेस्टाइनी समस्याबारे कार्यान्वयनमा आउन लागेको संयुक्त राष्ट्र सङ्घको सङ्कल्प प्रस्तावलाई अमेरिकाले रद्द गर्न नमिल्ने बताए । उनले भने– “प्यालेस्टाइनी शरणार्थी घर फर्कन पाउने अधिकारलाई अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकारबारे विश्वव्यापी घोषणा पत्रले प्रत्याभूत गरेको विषय हो ।”
एक इजरायली टेलिभिजनले शनिबारको प्रसारणमा १९४८ भन्दा पहिले जन्मेका प्यालेस्टाइनीहरूलाई मात्र शरणार्थीको मान्यता दिन चाहेको भन्ने सूचनालाई लिएर उनीहरूले अमेरिकालाई प्यालेस्टिनी शरणार्थीका सम्बन्धमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी दिएका हुन् । (एजेन्सी)