पाण्डेचेरी, २२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रम अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी र मूल प्रवाहका केन्द्रीय सदस्य भिमबहादुर थापाको उपस्थितिमा सम्पन्न भएको थियो । प्रशिक्षकहरुले देशको समसामायिक राजनीतिक परिस्थिति र एकता समाजको भुमिका, संघीयताले निम्ताएको समस्या र त्यसका दुष्परिणाम बारे प्रशिक्षण दिनुभएको थियो ।
संगठनमा लेनिनबादी संगठानात्मक प्रणाली र अनुशासन बारे समेत प्रशिक्षण दिनुभए थियो ।