कर बृद्धिको मुख्य दोषी संघीयता हो : राजमो दाङ

0
447

भदौ ९, दाङ । कर वृद्धिको मुख्य दोषी संघीयता नै रहेको ठहर राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले गरेको छ । कर वृद्धिको विरुद्ध र संघीयता खारेजीको लागि सो पार्टीले घोराहीमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । पार्टीको २०७५ भाद्र ८ गते अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । सम्पन्न बैठकले गरेका निर्णयहरु अध्यक्ष आचार्यले एक प्रेस बिज्ञप्ति मार्फत जारी गर्नुभएको छ ।

विज्ञप्तीमा जनाइए अनुसारः वर्तमान सरकारले गरेको चर्को कर बृद्धिले जनताको ढाड सेक्ने काम गरेको छ । कर बृद्धिको मुख्य दोषी संघीयता रहेको राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले बताएको छ । कर बृद्धि र संघीयता खारेजीका लागि भाद्र १५ गते घोराहीमा कर बृद्धि फिर्ता गर, संघीयता खारेज गर भन्ने मुल नाराका साथ प्रदशर्न तथा बिरोध शभा गर्ने विज्ञप्तीमा उल्लेख छ । उक्त कार्यक्रममा दाङबासी सबै मजदुर, किसान, उद्योगी, ब्यापारी, शिक्षक, बिद्यार्थी, बुद्धिजीबि सबैलाई उपस्थित भईदिनका लागि अध्यक्ष आचार्यले हार्दीक अनुरोध गर्नु भएको छ ।

त्यस्तै पार्टीले पुर्ववत रुपमा संचालन गरेको घरदैलो तथा सदस्यता अभियानको समिक्षा गर्दै भाद्र १५ देखि आस्विन १५ सम्म थप १ महिना उक्त अभियान चलाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

भ्रष्टाचार बिरोधी अभियानलाई तथ निरन्तरता दिने र खबरदारी पोस्टरलाई अरु ब्यापक बनाउँदै यसको भण्डाफोर गर्नका लागि आम जनसमुदायलाई राजमो दाङले अनुरोध गरेको छ ।

“दाङका बाटा तथा पुलहरु समयमा निमार्ण सम्पन्न हुन नसक्दा आम नागरीकहरुलाई सास्ती बेर्होनु परेको छ, समयमा गन्तब्यमा पुग्न समस्या भएको छ, खोलाले सबारी साधन बगाइरहेको छ, ब्यापार ब्यबसायमा समस्या भएको छ ।” राजमो दाङले भनेको छ– “त्यसैले निर्माणाधिन बाटो तथा पुलहरु यथासिघ्र निमार्ण सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने धर्ना दिने लगायतका कार्यक्रयहरु आयोजना गरिएको छ ।”

एकातिर प्राकृतिक श्रोत साधनहरुको अनियन्त्रित दोहन भइरहेको राजमो दाङ बताएको छ । प्राकृतिक श्रोत साधनहरुको अनियन्त्रित दोहन रोकी बैज्ञानीक उत्खनन्मा जोड दिनुपर्नेमा सो पार्टीले जोड दिएको छ । त्यस्तै निमार्ण सामाग्रीहरु उपभोक्ताले सुलभ रुपमा नपाएकोमा राजमो दाङले रोष प्रकट गरेको छ ।

स्थानीयरुपमा बिकासका कामहरुमा अनियमित्ता तथा ब्यापक भ्रष्टाचार हुने गरेका जनगुनासाहरु आइरहेका छन् । त्यसैले बिकासका कामहरुमा पारदर्शीता अपनाउँदै भ्रष्टाचार रोक्न ध्यानाकर्षण गरी भण्डाफोर अभियान समेत चलाउने राजमो दाङको निर्णय छ ।

press-bigyapti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here