भुटानमा अक्टोबर १८ मा आम निर्वाचन घोषणा

0
298
थिम्पू । भुटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन पूर्व भुटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन हुनेछ, जसबाट दुई वटा दल मात्र अर्को चरणका लागि चयन भएर आउनेछन् । भुटानमा राजाको सहमतिमा निर्वाचन आयोगका प्रमुखले टेलिभिजन कार्यक्रम मार्फत् निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
              भुटानको निर्वाचन ऐनको खण्ड १८९ ले आम निर्वाचनलाई प्रारम्भिक र जनरल गरी दुई चरणमा गर्ने व्यवस्था गरेको छ । प्रारम्भिक चरणमा निर्वाचन आयोगबाट मान्यताप्राप्त सबै दलले प्रतिस्पर्धा गर्न पाउँछन् भने यसबाट छानिएका दुई दलले अर्को चरणमा निर्वाचन लड्नका लागि योग्य हुन्छन् । – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here