एन.आई.सी. एसिया र नर्भिकबीच सम्झौता

0
196
काठमाडौँ । एन।आई।सी। एसिया बैङ्क र नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज थापाथलीबीच बैङ्कका कर्मचारी, कर्मचारीका परिवार, बैङ्कको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैङ्कका सम्पूर्ण ग्राहक वर्गलाई नर्भिक हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा–सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
              सम्झौता पत्रमा बैङ्ककोतर्फबाट बैङ्कका चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलकोतर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए ।
             यसैबीच, एन.आई.सी. एसिया बैङ्कको तीन वटा नयाँ शाखा कार्यालयहरू उद्घाटन गरिएको छ । धादिड ंजिल्लाको धुनिबेशी–७ स्थित खानीखोला, सोही नगरपालिकाको ६ नम्बर वडाको धार्केस्थित धार्के शाखाको मेयर बालकृष्ण आचार्यले र थाक्रे गाउँपालिका–६ महादेवबेशीस्थित शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले २०७५ साउन ३० गते गरेका थिए ।
             त्यसैगरी, एन।आई।सी। एसिया बैङ्कले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैङ्कका ग्राहकले मुलुकभर फैलिएका बैङ्कको दुई सय ३७ वटै शाखाबाट सहज रूपमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौता पत्रमा बैङ्ककोतर्फबाट बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौंपाने र इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरेका थिए ।
               एवं प्रकारले, एन।आई।सी। एसिया बैङ्कले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैङ्कका ग्राहक महानुभावहरूले मुलुकभरि फैलिएका बैङ्कको दुई सय ३७ वटै शाखाबाट सहज रूपमा प्राइम लाइफको जीवन बीमा पोलिसीहरू खरिद गर्न सक्नेछन् । सम्झौता पत्रमा बैङ्ककोतर्फबाट बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here